बागलुङ, ७ फागुन – नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छन् ।
मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ । महाराज थापाको एरेन्जमा तयार भएको गीतको म्यूजिक भिडियोमाकविराज गहतराजको कोरियोग्राफी रहेको छ ।