बागलुङ, ७ फागुन – रुसमा हुने विश्वकप फुटबल सुरु हुन साढे तीन महिना बाँकी हुँदा कोका–कोला नेपालले खेलको महाकुम्भलाई लिएर अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धन कार्यक्रम अगाडि ल्याएको छ । त्यसअनुुसार ४० नेपाली समर्थक विश्वकपका खेल हेर्न रुस जाने छन् । ती भाग्यमानीहरूले सम्भवत: लियोनल मेसीसम्मिलित अर्जेन्टिनाको खेल हेर्न पाउने छन् ।
कोका–कोला नेपालले प्रस्तुत गरेको प्रवद्र्धन कार्यक्रम १० साता (फेब्रुअरी १५ देखि अप्रिल १५) चल्नेछ । प्रत्येक साता कोका–कोला र अरु उत्पादनबाट चार भाग्यमानी छानिने छन् । त्यसका लागि बोतलको लेबल पछाडि भएको अंकको कोड एसएमएस गर्नुपर्नेछ । त्यसबाट लक्की ड्र निकालिने छ ।
‘नेपालमा फुटबल निकै लोकप्रिय छ र हामीले तिनै खेलप्रेमी आफ्ना उपभोक्ताका लागि यो कार्यक्रम अगाडि ल्याएका छौं,’ कोका–कोला दक्षिण–पश्चिम एसियाका उपाध्यक्ष देवब्रता मुखर्जीले जानकारी दिएका छन् । रुस जाने ४० समर्थकको सम्पूर्ण खर्च कोका–कोला नेपालले बहोर्नेछ ।