बागलुङ, ६ फागुन– बिद्यामन्दिर पुस्तकालय अन्तरगतको साहित्य उपसमितिको आयोजनामा बागलुङमा शनिवार नियमित मासिक साहित्य गोष्ठी गरिएको छ । साहित्य उपसमितिको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिवार संचालन हुने कार्यक्रम अन्तरगत धौलागिरि कला तथा साहित्य मंचको समन्वयमा साहित्य गोष्ठी गरिएको हो । गोष्ठीमा स्रष्टाहरु चन्द्रबहादुर क्षेत्री चन्द्र सूर्य, कोपीला कँडेल, गोविन्द सुवेदी, दिनेश बिकल्प, राजन प्रभात, भुमि सुवेदी लगाएतले रचना बाचन गरेका थिए । कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, धौलागिरि कला तथा साहित्य मंचका सृजना कार्कीको स्वागत र साहित्य उपसमितिका संयोजक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
बिगतमा पुस्तकालयको साहित्य उपसमितिको आयोजनामा मात्र हुदै आएको गोष्ठी यस महिनादेखि साहित्यसंग सम्वन्धीत बिभिन्न संघसंस्थाको समन्वय संयुक्त रुपमा आयोजना गर्न लागिएको संयोजक शर्माले जानकारी दिए ।
Previous Articleकोरला-सुस्ता नाका पहिलो प्राथामिकता-मुख्यमन्त्री गुरुङ
Next Article युवा उद्यम कार्यक्रम प्रभावकारी