बागलुङ, ५ फागुन– जिल्लाको ढोरपाटका स्याउ कृषकहरुले पहिलो पटक कृषि प्रबिधिकहरु भेटेका छन् । परम्परागत रुपमा स्याउखेती गर्दै आएका कृषकरुलाई सघाउनको लागि नगरपालिकाले कृषि प्रबिधिक खटाएपछि उनिहरुको पहिलो भेट भएको हो । उनिहरुले कृषिसँग सम्बन्धित कुनैपनि कार्यक्रम नपरेपछि परम्परागत रुपमा स्याउ खेती गर्दै आइरहेका थिए ।
किसानहरुलाई लक्षित गरी ढोरपाटन नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकको गुनासो सुनेको नगरपालिकाको कार्यालयले जनाएको छ । पटक–पटक स्थानीय किसानले स्याउ खेतीका बारेमा सल्लासुझाव माग्दा कृषि प्राविधिकहरुले बढी मात्रामा पानी पर्ने र स्याउ उत्पादनका लागि आवश्यक आद्रता नभएको भन्दै स्याउ खेती नगर्न सुझाव दिने गरेको गुनासो गरे ।
प्राविधिक तथा विज्ञहरुले स्याउका लागि उपयुक्त छैन भनेपनि यहाँका अधिकांश किसानहरु परम्परागत रुपमा स्याउ खेती गर्दै आइरहेका छन् । ‘सयौं किसानहरुले स्याउ खेती गरिरहेपनि कृषि प्राविधिकहरु असम्भव भन्दा व्यवसायीक रुपमा खेती गर्न सकेका थिएनौं, अब नगरपालिकाले कार्यक्रमनै पारेर प्राविधिक सल्लाह दिन थालेकाले अब व्यवसायीक रुपमा खेतीमा लाग्छौं ।’ ढोरपाटन नगरपालिका वडा नं. ६ का वडा सदस्य गोपाल बिकले पुनले बताए । पहिलो चरणमा ढोरपाटन नगरपालिकाको सहयोगमा वडा नं. ६ का किसानहरुलाई दुई दिने स्याउ खेती सम्बन्धी तालिम प्रदान गरिएको वडा सदस्य विकले बताए । किसानहरुलाई स्याउ बगैचाको व्यवस्थापन, काटछाट र स्याउमा लाग्ने रोग किराका बारेमा जानकारी गराइएको कृषि प्राविधिक महेन्द्र अधिकारीले जानकारी दिए । परम्परागत रुपमा पुरानै जातका स्याउ खेती गर्दै आइरहेका किसानहरुलाई नयाँ जातका स्याउ, कुन मौसम, कुन भुगोलमा कुन जातका स्याउ लगाउने, त्यसमा लाग्ने रोग र निदानका विषयमा जानकारी गराइएको प्रशिक्षक जिसीले बताए ।
ढोरपाटन क्षेत्रमा असिना, पानी पर्दा स्याउमा दाग लाग्ने तथा स्याउका दानाको कलर साम्रो नदेखिने भएको भन्दै यस अगाडि कृषि क्षेत्रको आधिकारिक कार्यक्रममा ढोरपाटनको स्याउ खेती पर्न सकेको थिएन । ‘अब हामीले तालिम पाएका छौं, वर्षौदेखि स्याउ उत्पादन गरिरहेकाले अब बोट मासेर अरु खेती गर्न सक्दैनौं, जस्तो मौसम छ, जस्तो अवस्था छ सोही अनुसार स्याउ खेतीको विकास र विस्तारमा लाग्छौं ।’ स्थानीय किसानहरु भने । पहिलो पटक कृषि प्राबिधिकहरुसँग भेट हुँदा हर्सित बनेका किसााहरुले नगरपालिकालाई धन्यवाद समेत दिएका थिए । कृषकको मर्का बुझेर नगरपालिकाले प्रबिधिक खटाएर तालिम दिएको भन्दै उनिहरुले धन्यवाद दिएका हुन् ।
Previous Articleसंकलननै हुँदैनन् बागलुङका जडिबुटी
Next Article संकटमा नौमती बाजाको बिरासत