बागलुङ, ४ फागुन– निसीखोला गाँउपालिकालाई एक कार्यक्रमका बीच पुर्ण खोपयुक्त गाँउपालिका घोषणा गरिएको छ । मंगलबार एकैदिन गाउँपालिकाको वडा नं १ र २ सहित सिंगो गाँउपालिकालाई पुर्ण खोपयुक्त गाँउपालिका घोषणा गर्दे भावी दिनमा जन्मने बालबालिकालाई कुनैपनि खोपको मात्रा नछुटाउने प्रतिबद्धतासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।
७ वडा रहेको सो गाँउपालिकामा साविकको राजकुत गाविस हालको वडा नं ७ लाई गत बर्ष नै पुर्ण खोपयुक्त घोषणा गरिसकिएको थियोभने आईतबार वडा नं ५ र ६ को साविक निसी सोमबार वडा नं ३ र ४ को साविक बोहोरागाउँलाई घोषणा गरेसंगै मंगलबार वडा नं १ र २ को साविक देबिस्थानसहित गाँउपालिका भर खोपको मात्रा लगाईरहेको ४ सय ३८ बालबालिकालाई खोपको मात्रा पुरा गर्दे पुर्ण खोपयुक्त गाँउपालिका घोषणा गरिएको हो । आयोजित कार्यक्रममा निसीखोला गाँउपालिका प्रमुख तारानाथ पौडेलको अध्यक्षता, जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता, जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख एवम बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारी विशिष्ठ आतिथ्यता रहेको थियो ।