बागलुङ, ४ फागुन– जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका कृषकहरुका लागि वडा कार्यालयले तरकारीको बिउ बितरण गरेको छ । कृषकलाई उत्पादनमुखी बनाउँदै अर्थोपार्जनको लागि सहयोग गर्न भन्दै तरकारीका बिउ बितरण गरिएको वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले बताए । वडा भित्रका सबै कृषकलाई पुग्ने गरी ७० हजार रुपैयाँ बराबरको बिउ बितरण गरिएको वडा कार्यालयले जनाएको छ । साविकको वडाका ६ जना कृषकलाई तीन दिनको पारिश्रमीक दिएर वडाका सबै घरमा पुग्ने गरी बिउ बितरण गर्न लगाईएको कृषि प्राबिधिक रबिन्द्र शर्माले बताए ।
एक जना कृषकलाई काक्रो ५ झाल, करेला, लौका दुई–दुई झाल र सिमी, बोडी १० ग्रामका दरले बिउ बितरण गरिएको शर्माले बताए । बिउ बितरण कार्यक्रममा सहभागी कृषकले वडा कार्यालयले तरकारी उत्पादनको लागि सानो भएपनि सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । मेहेनत र संरक्षण गर्न सके थोरै बिउबाट पनि धेरै उत्पादन गर्न सकिने वडा कार्यालयले अपेक्षा गरेको छ ।
Previous Articleशिविरबाट ५४ जना लाभान्वित
Next Article निसीखोला गाउँपालिका खोपयुक्त घोषणा