बागलुङ, ४ फागुन– सदरमुकाममा सञ्चालित कानको श्रवण शक्ति परीक्षण सम्बन्धि २ दिने निस्शुल्क शिबिर ५४ जना बिरामी परीक्षण गरि सकिएको छ । लायन्स क्लब अफ बागलुङ कालिका र लियो क्लब अफ बागलुङ कालिकाद्वारा आयोजित शिविर मुक्तिनाथ हस्पिटलमा सञ्चालन गरिएको थियो । उक्त शिविरमा प्राबिधिक सहयोग एवं परिक्षण म्याक्स मेडिटेक सिस्टमका अडियोलजिष्ट अशोक कुमार गुप्ताद्वारा गरिएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै आयोजक लायन्स क्लबका अध्यक्ष लायन चन्द्र रेग्मीले हाम्रो प्रयास भनेकै आर्थिक रुपमा बिपन्न एवं स्वास्थ्य सेवाको सहज पहुँच भन्दा बाहिर रहेका नागरिकलाई निशुल्क सेवा दिनु भएको बताए । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लियो अर्जुन कंडेल लगायतले बोलेका थिए । समापनमा बोल्दै अडियोलजिष्ट अशोककुमार गुप्ताले ‘कानको समस्या देखिएका बिरामीहरुलाई बिशेष छुटका साथ श्रवणयन्त्र लगायत सामाग्री उपलब्ध गराउने ब्यवस्था भएको जानकारी गराएका थिए । सो अवसरमा लियो बलराम कँडेलले यस्ता अभियान गाउँ केन्द्रीत गर्नु आबश्यक रहेको उल्लेख गरे ।
सामान्य अनुरोध र छोटो समयको वाबजुत पनि सेवा प्रबाहमा सहयोग गर्ने कम्पनी, मुक्तिनाथ हस्पिटल लगायतका अभियानकर्ता प्रति सधैं ऋणी रहने शिबीरका अभियानकर्ता लियो रामप्रसाद घिमिरेले भने– ‘हामी जिल्लाका स्थानीय निकायसँग समन्वय गरि निकट भबिष्यमा स्वास्थ्य सेवाको पहुँच नपुगेका जिल्लाका अति बिकट क्षेत्रामा शिबिर सञ्चालन गर्ने योजना बनाएका छौं ।’ उक्त शिबिरको समापन कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन शिब केसीले गरेका थिए ।
Previous Articleएक दम्पतीद्वारा आश्रमलाई मुर्ति सहयोग
Next Article दमेकका कृषकलाई बिउ वितरण