म्याग्दी, ४ फागुन– टोड्केमा रहेको स्वर्गद्धारीको शाखा आश्रमलाई बागलुङका एक दम्पत्तीले २ लाख ५० हजार बराबरको मुर्ती सहयोग गरेका छन् । मंगला र मालिका गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा रहेको शिवालय मन्दिरलाई बागलुङ नगरपालिका–२ श्रीनगरटोल निवासी माधवप्रसाद पौडेल र विष्णुकुमारी पौडेलले भगवान शिवजीको पत्थरका मुर्ती, शिव लिङ्ग,घण्टी र जलधार गरी कुल २ लाख ५० हजार बराबको सहयोग मन्दिरमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । कार्यक्रमको अवसरमा मंगला गाउँपालिका उपप्रमुख श्रृजना केसीले धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनिएको टोड्केको विकास प्राथमिकता रहेको बताइन् । उनले आगामी बर्ष सामुदायिक लज सहितको पूर्वाधारका लागि रघुगंगा गाउँपालिकासंग समन्वय गरिने बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथि सहयोगदाता माधवप्रसाद पौडेलले दुईबर्ष अगाडी आयोजित महायज्ञमा गरेको प्रतिबद्धतालाई पुरा गरेको बताए । उनले धार्मिक क्षेत्रमा गरिएको प्रतिबद्धता पुरा गर्नु मानवीय कतब्य भएको बताउँदै आगामी दिनमा पनि सहयोगको प्रतिबद्धता जनाए । सोही अवसरमा कुहुँ निवासी तुल बहादुर किसानले मन्दिरलाई बसाह दान गरेका थिए । कार्यक्रममा क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका उपसचिव क्षेत्रबहादुर भण्डारी, साविकको कुहुँ गाविसका पूर्वअध्यक्ष प्रेम प्रसाद रेग्मी, समाजसेवी दुर्गादत्त आचार्य, मंगला गापा–१ का वडा सदस्य जीतमान गौचन, राष्ट्रिय जनजागृति मावि पूर्णगाउँका पूर्व प्रअ कृष्ण बहादुर खत्री,पत्रकार हरिकृष्ण गौतमले मन्तब्य राखेका थिए ।
टोड्के तपोवन शिवालय सन्यास आश्रमका उपाध्यक्ष अशोक रोकाको अध्यक्षता, टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्यको स्वागत र आश्रमका सदस्य एकजित रोकाको सञ्चालनमा सम्पन्न भएको थियो । धार्मिक दृष्टिकोणले महत्वपुर्ण क्षेत्र भएपनि प्रचार–प्रसार र आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको बताउँदै पूर्वाधार विस्तारमा सरकारी निकायबाट उपेक्षा हुँदा ओझेलमा परेको छ । जिर्ण अवस्थामा रहेको शिवालय मन्दिरको पूननिर्माण गरिएको छ ।
Previous Articleमुस्ताङमा गिद्वको बासस्थान पहिचान
Next Article शिविरबाट ५४ जना लाभान्वित