बागलुङ, ३ फागुन– नेपाल आदिबासी जनजाति पत्रकार महासंघ बागलुङ शाखाको दोस्रो अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । फोनिजको दोस्रो जिल्ला अधिवेसनले नागरिक दैनिकका जिल्ला संवाददाता संगम घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । बुधबार सम्पन्न अधिवेसनबाट उपाध्यक्षमा रेडियो बिहानी बरेङका स्टेशन म्यानेजर प्रकाश छन्त्याल, सचिवमा धौलागिरी एफ एमकी लिला थापा, सहसचिवमा नयाँ विश्व डटकमका डम्बर बुढा, कोषाध्यक्षमा परिसूचन साप्ताहिककी तनमति रोका रहेका छन् । सदस्यहरुमा सयपत्री एफ एम बागलुङका छवि थापा र धौलागिरी एफ एफएममा कार्यरत जीवन थापा रहेका छन् । दुई सदस्य पछि थप गरिनेछ । अधिवेसनले केन्द्रीय प्रतिनिधिमा दिल शिरीष, राजेशचन्द्र राजभण्डारी, विजय राना र सरस्वती पुनलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा मनिष थापा, मञ्जुल शाक्य र श्यामकुमार थापा चयन भएका छन् ।
नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखा अध्यक्ष एवं फोनिजका निवर्तमान अध्यक्ष दिल शिरीषले पछिल्लो समयको परिवर्तित भूमिकालाई निभाउनका लागि फोनिजको नयाँ टिमले सक्रियता पूर्वक लाग्न आग्रह गरे । ‘हाम्रा भूमिकाहरुलाई अझै पराकिलो ढङ्गले अगाडी बढाउनुपर्ने बेला छ, उनले भने,‘पत्रकारिताका मूलभूति सिद्धान्तलाई अँगालेर पिछडिएका वर्ग र समुदायको अधिकार स्थापित गर्नका लागि यहाँहरुको भूमिका अझ बढोस् । हामी संगै सहयात्रामा हुनेछौं । हामीले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने मोटामोटी निर्णय गरेका छौं, व्यवसायिक पत्रकारिता नै हाम्रो मुख्य काम हो,– उनले भने,त्यससंगै आउने पछाडि पारिएको आदिवासी जनजाति समुदायको हितमा हामीले पैरवी गर्नेछौं । पत्रकार महासंघसंग हातेमालो गरेर श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने, पत्रकारितमा जनजाति समुदायबाट आउनेहरुलाई टिकाउनका लागि कार्यक्रम गर्ने लगायतका प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा फोनिजका निवर्तमान उपाध्यक्ष विजय रानाले पनि बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मनिष थापामगरले गरेका थिए ।