बागलुङ, ३ फागुन– धौलागिरी एकीकृत ग्रामिण बिकास केन्द्र बागलुङले बुधबार धौलागिरी बहिरा आवासिय माध्यामिक बिद्यालयलाई पुस्तक सहयोग गरेको छ । बिद्यालयको स्नातक तह कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत बिद्यार्थीहरुको पठन पाठनमा सहयोग पु¥याउने उद्देश्यले केन्द्रले पुस्तक बितरण गरेको हो । केन्द्रले अष्ट्रेलियन राजदुताबासको सहयोगमा ३ लाख मुल्य बराबरका ३ सय १९ थान पुस्तक बिद्यालयलाई हस्तान्तरण गरिएको केन्द्रका उपाध्यक्ष शालिकराम शर्माले बताए । पुस्तकालयको स्तरोन्नती गरी बहिरा बिद्यार्थीहरुको पठनपाठनमा सघाउ पु¥याउन पुस्तक बितरण गरिएको उनको भनाई थियो । पुस्तक बितरण समारोमा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले पुस्तक पुस्तकालयमा सजाउनको लागि नभएर पठनपाठनमा सघाउनको लागि भएको बताए । पुस्तकालयमा रहेका पुस्तकहरु नपढेसम्म ज्ञान आर्जन नहुने भन्दै पुसतकको प्रयोग गर्न उनको आग्रह थियो । कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल लगायतले बोलेका थिए । केन्द्रका अध्यक्ष केवी राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सवागत सालिकराम शर्मा र सञ्चालन केन्द्रका सचिव भुपाल चालिसेले गरेका थिए ।
Previous Article२०७४ फागुन ३ गते बिहिबार राशिफल
Next Article फोनिजको अध्यक्षमा घर्तिमगर