बागलुङ, २ फागुन– बुर्तिबाङमा डकर्मी पुर्नताजगी तालिम शुरु भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको कार्यक्रमअन्र्तगत घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा बागलुङको आयोजना तथा ढोरपाटन नगरपालिकाको प्राबिधिक सहयोगमा ७ दिने डकर्मी पुर्नताजगी तालिम शुरु गरिएको हो । २०७२ बैशाख १२ गते गएको भूकम्प पश्चात यस क्षेत्रमा नयाँ प्रकारको डकर्मी तालिम गर्ने अवसर दिलाएकोमा आयोजकलाई बिशेष धन्यवाद दिदै आधुनिकीकरणको सिकाई गरी भूकम्प प्रतिरोधात्मक घर बनाउन सिपको बिकास हुने अपेक्षा गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिती मुख्य शाखा कार्यलय बागलुङका शाखा अधिकृत जगन्नाथ पाण्डेले सरकारले यस जिल्लामा ४ सय जनालाई तालिम दिने लक्ष्यसहित संचालन गरेको तालिममा प्रत्येक नगरपालिकाका ५० जना र गाँउपालिकाका २५ जनालाई तालिम दिने लक्ष्यसहित यो तालीम शुरु गरिएको बताए । तालिममा ढोरपाटन नगरपालिकाका ५० जना डकर्मीको सहभागिता रहेको छ । डकर्मी पुर्नतार्जगी तालिममा भूकम्प प्रतिरोधी घर कसरी बनाउने तथा भवन बनाउन आवश्यक परामर्श दिने शाखा अधिकृत पाण्डेले जानकारी दिए । तालीमको पहिलो दिन ईन्जीनियर बिश्वास लामाले सहजीकरण गरेका थिए ।
Previous Articleदोहोरो नागरिकता लिने थापा पक्राउ
Next Article पर्यटकीय गाउँमा संग्रालय