पर्वत, २ फागुन– झुट्टा बिबरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले एक युवा लाई पक्राउ गरेको छ । तनहुँ मांझकोट घर भई हाल पोखरा चण्डिस्थान वस्ने ३० बर्षीय सुजन थापा भन्ने मिनबहादुर कुमाललाई पर्वत प्रहरीले पक्राउ गरेको हो । कुमालले जिल्ला प्रशासन कार्यालय तनहुवाट नेपाली नागरिकता प्राप्त गरी सकेपछी पुनः जिल्ला प्रशासन कार्यालय पर्वतवाट पनि झुट्टा व्यहोरा लेखाई दोहोरो नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्त कुमालले जिल्ला प्रशासन कार्यालय पर्वतवाट झुट्टा बिवरण पेश गरी सुजन थापाको नामको नेपाली नागरिकताको प्रमाण पत्र बनाएको स्विकार गरेका छन् । कुमाल लाई झुट्टा बिबरण पेश गरी दोहोरो नागरिकता अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
Previous Articleजसले प्रेम पाउन जमिनदारी त्यागे
Next Article बुर्तिवाङमा डकर्मी पुर्नतार्जगी तालिम