प्रेम बहादुर थापा
शिक्षक हो यदि तिमी शिक्षक बन्न सिक
पठन पाठन जिवन्त हुन भित्री ज्ञान झिक ।
नझुकोस है माथ तिम्रो बनुन चेला असल
जस्तो वीउ रोप्छौ तिमी त्यस्तै फल्छ फसल ।।
छैन सहज शिक्षक वन्न धेरै कष्ट आउँछ
शालिन धैर्य व्यक्ति मात्र शिक्षक वन्न पाउँछ ।
उनै हुन असल शिक्षक दिन्छ अथाह ज्ञान
नुनको सोझो गर्नु पर्छ सत्य कुरा ज्ञान ।।
गतिलो शिक्षक होइन जो राजनीति झोला बोक्छ
उपस्थित नभईकन हाजिर मात्र ठोक्छ ।
काम प¥यो भने घरमा काज मात्र लिने
असल गुरु बन्दैन उ शिष्यलाई धोखा दिने ।।
शिक्षक आयोग पास गरी खायौ शिक्षक जागिर
गाभिदै छन् विद्यालय यहाँ दोष कस्को आखिर ।
शिक्षक वन्न मन नलागे छाडिदेउ शिक्षण पेशा
जुन काममा मन रम्छ त्यहि गर्दा वेश ।।
वदल्नु छ देशको मुहार शिक्षा पहिलो क्रान्ति
आर्थिक विकास गरी यहाँ त्याउनु छ शान्ति ।
विद्या नै हो उत्तम सुत्र सवले मनन गरौं
सुन्दर, शान्त नेपाल हाम्रो सम्वृद्धि सारा भरौं ।।
–काठेखोला गाउँपालिका–७ बागलुङ
(हाल सिद्धार्थ शिक्षा सदन)