मेघराज पाण्डे
पार्टि ख्याल नराखेर, देशको गर चिन्तन्
बिपक्षीले गरेकोनी, राम्रो छ तिमीले भन् ।
थानको मान खुव राख, जिम्मेवारी बनीकन्
पार्टिमा जे सुकै हुन्छौं, अब एकै बन्यौं भन् ।
आवश्यक कुरा के छ, आपसमा छलफल गर,
प्राथमीकता दिई त्यसमा, पहिले यसको पुरा गर ।
पारदर्शी बनि राख, लिएर उच्च भावना,
राष्ट्रप्रेमी बनि राख, आस्था राखुन सबै जना ।
यो राष्ट्र घर हो मेरो, जनता सन्तती भन् ,
सेवा गर्ने लिई भाव, आदर्श सबमा बन् ।
नयाँ नेपालमा अहिले, समाबेशी तिमी बन्,
नमुना पार यो देश, यसैको गर चिन्तन् ।
अहंकार नलिई मनमा फलेको वृक्ष झैं बन्,
जनता तिमी मालिक हौ, म सेवा गर्दछु भन् ।