बागलुङ, २७ माघ – कपडा तथा फेन्सी ब्यवसायी समिति बाग्लुङले महाशिबरात्री पर्व २०७४ को अबसरमा शनिबार बानपा- ४ स्थित गौरीधाम शिव मन्दिर परिसर सरसफाइ तथा बाटो मर्मत कार्य सम्पन्न गरेको छ। बिगत केही बर्षयता हरेक बर्ष मन्दिर सरसफाइ गर्दै आइरहेको समितिले यसबर्ष पनि आफ्नो कार्यलाई निरन्तरता दिएको हो।
सो अबसरमा समितिको तर्फबाट मन्दिरको लागि केही पि फर्म समेत हस्तान्तरण गरिएको छ। बाग्लुङ नगरपालिकाबाट बाटो ढलानको लागि छुट्टिएको बजेटले नपुगेको भनी बाटोको छेउछाउ र बिच बिचमा थुपारिएका ढुङ्गा, गिट्टी आदिले मोटरसाइकल तथा पैदल हिँड्ने दर्शानार्थीलाई समेत हिँड्न अबरोध भएको गुनासो प्राप्त भएपछी उक्त बाटोको खाल्डाखुल्डी पुर्ने तथा सम्मो पार्ने कार्य सम्पन्न गरिएको ब्यवसायी सचीव गोविन्द सुवेदीले वताए ।
सरसफाइ तथा बाटो मर्मत कार्य पछी मन्तब्य राख्दै मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष टेकनाथ शर्माले समितिको कार्यको प्रशंसा सहित समितिलाई धन्यवाद ब्यक्त गरे । उनले कपडा तथा फेन्सी ब्याबसायी समितिका यस्ता प्रसंशनिय कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा राखे ।
समितिका अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष भोजराज रेग्मी, निबर्तमान सहसचिव दल बहादुर कार्की लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य तथा सचीव गोविन्द सुवेदीको सन्चालनमा सम्पन्न भएको थियो।