हरिहरसिंह राठौर
धादिङ, २७ माघ – सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा ३ जना बेपत्ता भएका छन्। कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए । अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन ।
बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो। जिप खसेको स्थान निकै गहिरो छ। नदी धमिलो भएको कारण उद्दार मा कठिनाइ भएको प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए।घाइते भएका चालक निरन्जन यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए। जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो।
चालकले उक्त जिप सचिव यादवले नै चलाएका प्रारम्भिक बयान दिएका छन्। कान्तिपुर