बागलुङ, २६ माघ– नेपाली भाषा, साहित्य र गजलको जगेर्ना गर्ने उद्देश्यले साहित्य र कलाको खानी धौलागिरीको बागलुङमा खुल्ला गजल प्रतिययोगिता हुने भएको छ । धौलागिरी कला तथा साहित्य मञ्चको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ७ सात हजार मेडल र प्रमाणपत्र, द्धितीय हुनेले नगद रु. ५ हजार मेडल र प्रमाणपत्र, तृतिय हुनेले नगद रु. ३ हजार मेडल र प्रमाणपत्र त्यस्तै सान्त्वना हुने २ जनाले नगद रु. १५ सय मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरु अनलाइनबाटै सहभागि हुन सक्ने भएका छन् ।
सहभागीले यहि माघ २९ गतेभित्र विशुद्ध नेपाली भाषामा लेखिएको गजल धौलागिरी कला तथा साहित्य मञ्चको अफिसियल फेसबुक पेज ादअयmर मपकmदबनगिलन मा पठाउन मञ्चले आग्रह गरेको छ । त्यस्तै गजल मुल्यांकनका आधारहरु विचार, शिल्पशैली व्याकरण र भाषा हुने र आभारभूत सबै मान्यताको पालना गरी रचना गरिएको एउटा पुर्ण गजल मात्र योग्य मानिने आयोजक संस्थाले जनाएको छ । देश तथा विदेशमा रहेर पनि नेपाली साहित्यलाई माया गर्नेहरुका लागि र साहित्यमा भविष्य देख्नेहरुका लागि यो सुनौलो अवसर भएको धौलागिरी कला तथा साहित्य मञ्च बागलुङका संस्थापक सल्लाहकार युवा सर्जक, कलाकार निर्मल पौडेल एन. पि. घायलले जानकारी दिएका छन् ।
प्रतियोगितामा सहभागी भई आफ्नो गजलप्रतिको सद्भाव र लेखन कलालाई अझै उत्कृष्ठ बनाउन यस कार्यक्रमले थप हौसला थप्ने संस्थाका संस्थापक अध्यक्ष युवा साहित्यकार राजीव संघर्षीले बताए । यस्तै नेपाली साहित्यमा गजल विधाको जगेर्ना साथै गजल विधामा निरन्तर कलम चलाइरहेका सर्जक, स्रष्टाहरुको मनोवलमा थोरै उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक यसै मञ्चका संस्थापक सदस्य युवा गजलकार डोलिन चिन्तितको भनाई छ । प्रतियोगिताको नतिजा फागुन १५ गते विषेश कार्यक्रमको आयोजना गरि प्रकाशन गर्ने संस्थाले जनाएको छ । पछिल्लो समय धौलागिरीमा कला र साहित्यको जगेर्नाको लागि यस मञ्चले मासिक रुपमा बागलुङ, पर्वत र म्याग्दीमा रचना वाचन डबली कार्यक्रम कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।