बागलुङ, २५ माघ – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ। नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन जोडेर खेलिरहदा वर्षाका कारण खेल रोकिएको हो। अहिले बसन्त रेग्मी ३ रन र सोमपाल कामी ११ रन बनाएर खेलिरहेका छन्। २ विकेट बाँकी रहेको नेपाललाई जितका लागि ४२ बलमा २८ रनको अावश्यकता छ। नामिबियाले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ भने खराब रह्यो।
ओपनिङ ब्याट्सम्यान दिलीप नाथ शून्य रनमा आउट हुँदा कप्तान पारस १९ रनमा आउट भए। पारसले ३५ बलमा २ चौका हिर्काए। ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए। उनले ४५ बल खेलेर १ चौका प्रहार गर्न सके। आरिफ शेख शून्य रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ६ रनमै पेभिलियन फर्के। करण केसीले पनि ३ भन्दा बढी रन जोड्न सकेनन्। आसा गरिएका ब्याट्सम्यान शरद भेषावकर २९ रनमा आउट भएका थिए। उनले ६७ बलमा ३ चौका प्रहार गरे। रोहिकुमार पौडेल पनि १७ रन बनाएर खेलिरहदा स्कोल्सको एलबिडब्लुको धरापमा परेपछि नेपालको आसा सकिएको थियो।
Previous Articleमानव तस्करी आरोपमा कलाकार राजेन्द्र खड्गी पक्राउ
Next Article १ हजार ६४ जनालाई १४ करोड रुपैयाँ बाँड्दै सरकार