बागलुङ, २५ माघ – मानव तस्करीको अभियोगमा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई नियन्त्रणमा लिएको हो। खड्गीले विभिन्न व्यक्तिलाई मोटो रकम असुलेर गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको भन्ने उजुरी परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रण लिइएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीका अनुसार खड्गीले काेरियामा ११ जनालाई छाडेको र प्रतिव्यक्ति दश देखि पन्ध्र लाख रुपैया लिएको उजुरी परेको छ। कार्कीले अन्य कलाकारले पनि मानव ओसार पसार गरेको सूचना आएको जानकारी दिए । अन्य कलाकारको संलग्नताबारे सिआइबीले अनुसन्धान गरिरहेको कार्कीले बताए। मानव अोसार पसार अन्तरदेशीय अपराध भएकाले गन्तव्य मुलुकको प्रहरीले पनि अनुसन्धान गरिरहेको सिआइबी प्रमुख कार्कीले जानकारी दिए ।
मानव तस्करी आरोपमा कलाकार राजेन्द्र खड्गी पक्राउ
Previous Articleओली-दाहाल छलफल:शुक्रबार एकता संयोजन समिति बैठक
Next Article नेपाललाई ४२ बलमा २८ रनको आवश्यकता