बागलुङ, २४ माघ– युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले काठेखोला गाउँपालिका–७ रेशले एक दिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । युवाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा युवाको नेतृत्व कायम गर्नको लागि तालिमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । नयाँ पुस्ताको नेतृत्वले समुदायको विकासमा टेवा पु¥याउने भएकाले नेतृत्व विकासका लागि तालिमको आयोजना गरीएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
वडा कार्यालयमा आयोजना गरिएको तालिममा रेशका ४५ जना युवा÷युवतीको सहभागिता रहेको थियो । तालिम पस्चात सिकेका कुरालाई व्यवहारमा उतार्ने भन्दै युवाहरुले एक दिनको नेतृत्व विकास तालिम निकै छोटो भएको भन्दै आगामी दिनमा पनि थप तालिमको व्यवस्था गर्न वडा कार्यालयसँग माग गरेका थिए । तालिमको समापन समारोहमा बोल्दै वडाअध्यक्ष लामिछानेले क्रमिक रुपमा युवाहरुको विकासका लागि थप कार्यक्रमहरु गाउँपालिकामा माग गर्दै जाने र स्वयम वडाको परिचालनमा समेत नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागीको तर्फबाट चेली थापा, शेखर कार्की लगायतले बोलेका थिए ।
पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, पत्रकार तारानाथ आचार्य र जिल्ला समन्वय समितीका सहजकर्ता मिनबहादुर थापाले तालिमको सहजीकरण गरेका थिए । वडाअध्यक्ष लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य रुपा बिक र सञ्चालन वडा सचिव होमनाथ शर्माले गरेका थिए ।
Previous Article२०७४ माघ २४ गते बुधबारको राशिफल
Next Article हात्तिपाईले निर्मुल पार्ने अभियान