बागलुङ, २२ माघ – कृषिकर्मलाई ब्यवसायिक बनाई उत्पादन बढाउन सहयोग पुराउने उदेश्य सहित युवा ब्यवसायी सूर्य गौतमले बागलुङ बजारमा कृषि यन्त्रहरुको नयाँ ब्यवसाय सुरु गरेका छन । धौलागिरी मेशिनरी एण्ड टुल्स सप्लायर्स नाम दिइएको उक्त ब्यवसायमा कृषिजन्य सवै किसिमका औजार र मेसिनरी समानहरु सस्तो मुल्यमा विक्री वितरण गरिन्छ । गौतमले सोमवार एक कार्यक्रमका विच यो ब्यवसायको शुभाराम्भ गरे ।
धौलागिरी क्षेत्रभित्र कृषि ब्यवसायलाई आधुनिकरण र यान्त्रिकरण गर्ने मुख्य उदेश्यका साथ स्थापना गरिएको धौलागिरी मेशिनरी एण्ड टुल्स सप्लायर्सले नेपालको भौगोलिक तथा वातावरण दृष्टिले उपयुक्त कृषि यन्त्रहरु वितरण गर्ने युवा ब्यवसायी गौतमले वताए । आफुले अन्य क्षेत्रमा गरेको ब्यवसायबाट प्राप्त गरेको ज्ञान र सिपलाई कृषि उत्पादनसंग जोड्ने चाहनाले यो ब्यवसाय लाग्न आफु उत्प्रेरित भएको गौतमको भनाई छ ।
धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्सबाट कृषि ब्यवसायमा चाहिने साना, ठूला र आधुनिक यन्त्रहरुको वारेमा जानकारी दिने, विक्री वितरण गर्ने र विक्रीपछिको सेवा समेत उपलब्ध हुनेछ । यहाँबाट नेपाल सरकारद्धारा अनुदानमा वितरण गरिने कृषि यन्त्रको अनुदानका वारेमा कृषक तथा ब्यवसायीहरुलाई निःशुल्क परामर्श दिनुका साथै दक्ष प्राविधिकहरुबाट सेवा प्रदान गरिने गौतमले जानकारी दिए ।
यो ब्यवसायका लागि गौतमले तत्कालै २० लाख लगानी गरेको र अरु लगानी थप्दै जाने वताए । कृषि यन्त्र र औजारहरु सवै एकैसाथ प्राप्त गर्न सकिने यो पसल धौलागिरीमा नै पहिलो रहेको गौतमले जानकारी दिए । यहाँ पावर टेलर, मकै थे्रसर, गहुँ पिस्ने मेसिन, मिनी टेलर, धान रोप्ने मेसिन, धान, गहुँ, मकै कुट्ने तथा पिस्ने मेसिन, जीरो टिलेज मेसिन, चारा काट्ने मेसिन, स्वचालित धान गहुँ काट्ने मेसिन लगायतका कृषि यन्त्रहरु र यससंग समबन्धित अन्य सवै औजारहरु पाईन्छ ।
बागलुङमा कृषी यन्त्र र औजारहरुको ब्यवसाय सुरु
Previous Articleप्रदेशसभा-४ : युरेनियमको चर्चा र संघियताको विरोध
Next Article निर्वाचनको सम्पूर्ण परिणाम ५ फागुनसम्म-निर्वाचन आयोग