बागलुङ, २२ माघ-जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ५ निसीमा गाउँपालिकाको वजेट मार्फत आईतवार देखी कृषि सडक निर्माण सुरु भएको छ । आर्थिक वर्ष २०७४÷०७५का लागि गाउँपालिकाबाट विनियोत दश लाख वजेटले निसीको ज्ञानेन्द्र मावि निसीहुँदै कटुवालदेखी, सिनखुङसम्म जोडने कृषि सडक निर्माण थालिएको हो । उक्त सडक सालझण्डी ढोरपाटन सडकखण्डको सिनखुङमा जोडिएपछि निसीदेखि ढोरपाटनसम्म आवतजावतमा सहज हुने योजना निर्माण समितिका अध्यक्ष रमेश बुढामगरले जानाकारी दिए । निसीलेखि रिनबाङसम्म सडकजोडन खरिव ४ किलोमिटर सडक निर्माण गर्ने लक्ष रहेपर्नि अहिलेको बजेटले १ किलोमिटर सडक बनाउन स्टेमेट गरि काम सुरु गरिएको बुढाको भनाई छ । नयाँ ट्रयाक निर्माण गर्ने भएकाले अवको १० दिनमा उक्त योजना अन्तरगतको काम सम्पन्न गर्ने लक्ष्य रहेको समितिको भनाई छ । अहिले निसीबाट ढोरपाटन पुग्न पैदल यात्रामा करिव १ दिन समय लाग्ने गरेको छ । सडकसञ्जालले ढोरपाटनसम्म जोडिएपछि २ घण्टामै ढोरपाटन जान सकिने समितिका अध्यक्ष बुढाले बताए । निसीका अधिकाँस स्थानीयको अस्थाई बसाई ढोरपाटन पनि हुने भएकाले पैदल यात्रा गर्न कठिन हुने भएपछि उक्त सडकको योजना वडाबाट सिफारिस भई गाउँपालिकाबाट कृषि सडक निर्माणको योजना परेको वडा अध्यक्ष हर्कमान घर्तिले बताए । ढोरपाटनसम्म सडक सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
Previous Articleबुझेर लगानी गर्नु पर्ने
Next Article बरेङ बजारमा फोहोर व्यवस्थापनमा कडाई