बागलुङ, २२ माघ-नेपाल शेयर बजारका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउत लगानी गर्दा हल्लाको पछाडी नलागी आफैले बुझेर गर्नु पर्ने बताए । उनले नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बागलुङ आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् । साउतले हल्लाको पछाडी गरिएको लगानीले राम्रो प्रतिफल पाउनु सट्टा लगानी नै डुब्ने खतरा हुन सक्ने बताए । बागलुङमा सेयर बजारमा धेरैको उत्साजहनक सहभागिता रहेको र यस क्षेत्रलाई सही ढंगले अगाडी बढाउन उनले आग्रह गरे । कार्यक्रममा लगानीकर्ता अशोकगोविन्द राजभण्डारी, मनोजकुमार वाला, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, दिव्या सेक्युरिटिजका प्रमुख कार्यकारी रामप्रसाद आर्चाय लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम डेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउतको अध्यक्षता, स्वागत नेप्सेका वरिष्ठ आईटी अधिकारी प्रभाकर घिमिरे र दिव्या सेक्युरिटिजका कुमार शर्माको संचालनमा सम्पन्न भएको थियो । बागलुङमा पहिलो पटक शेयर कारोवार सम्बन्धी काम गर्नका लागी कम्पनी खोलिएको लगानि कर्ताहरुले जनाएका छन् । यसले बागलुङका साना लगानी कर्ताहरुलाई थप सहज बनाउने कम्पनीले
दावी गरेको छ ।
Previous Articleराष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण
Next Article निसीखोलामा कृषि सडक निर्माण सुरु