बागलुङ, २२ माघ-जिल्लाको बरेङ बजार ब्यवस्थापन समिती र मनकामना युवा क्लव सिग्दीद्धारा आयोजित क्याम्पस परिसर तथा बजारको ब्यवस्थापन भेला आईतवार सम्पन्न भएको छ । भेलामा क्याम्पस वरपर र बजार क्षेत्र वरपर जथाभावी फोहोर फाल्ने र फोहोरबाट उत्पन्न प्रदुषणका न्युनिकरण बारे छलफल भएको थियो । बरेङ बजार बिस्तार संगै क्याम्पस पछाडीको ठाँउमा बजारको फोहोर जम्मा गर्ने गरिएकोले बजार ब्यवस्थापन समितीले पहिलो चरणमा क्याम्पस क्षेत्रमा फोहोर नफाल्न बजार बासीलाई आग्रह गरेका छन । सर्वोदय क्याम्पस बरेङ परिसरमा बरेङ बजार क्षेत्रको फोहोर फाल्ने कार्यले शिक्षण संस्था परिसर कुरुप बन्दै गएकाले फोहोरबाट उत्पन्न प्रदुषणका कारण बस्न ,पठनपाठन तथा स्वास्थ वातावरणमा समेत गम्भीर असर पुगेकाले क्याम्पस परिसरमा कुनै पनि प्रकारका फोहोर फाल्न नपाईने निर्णय गरेको हो । भेलाले क्याम्पस परिसरमा स्थानमा फोहोर फालेको भेटिएमा कार्यवाहीको प्रक्रिया अगाडी बढाई बजार ब्यवस्थापन समितीद्धारा कारबाही गर्ने निर्णय समेत गरेको छ । बरेङ बजार क्षेत्रका शिक्षण संस्था तथा वरपरको क्षेत्र सफा राखी यहाँको वातावरण र परिचयलाई नमुना बनाई राख्ने कार्यमा यस क्षेत्रका सम्पुर्ण जनता समाज सेवी शिक्षा प्रेमि बुद्धिजिवी ,शिक्षक ,कर्मचारी सबैलाई सहयोग गर्ने समझदारी भएको छ । बरेङ बजार ब्यवस्थापन समितीका अध्यक्ष लोक बहादुर क्षेत्रिको अध्यक्षतामा सम्पन्न भेलामा २३ सदस्यीयको सहभागीता रहेको थियो ।
Previous Articleनिसीखोलामा कृषि सडक निर्माण सुरु
Next Article सामुदायिकलाई ध्यान दिनेकी