बागलुङ, २१ माघ– जिल्लमा जारी प्रथम मेयरकप फुटबलको उपाधिका लागि आईतबार पोखरा महानगरपालिका र वालिङ नगरपालिका भिड्ने भएका छन् । बागलुङ नगरपालिकाले पहिलो पटक आयोजना गरेको मेयरकपमा सहभागि १० टिम मध्ये शनिवार भएको सेमिफाइनलमा पोखराले गोरखा नगरपालिकालाई १ का विरुद्ध ८ गोलको फराकिलो जित हात पारेको हो । फराकिलो गोल अन्तरका साथ जित गरेको पोखरा व्यास विरुद्ध १गोलले मात्र जितेको वालिङबीचको फाईनल हुने भएको हो । फाइनल यात्रा सुनिश्चित गरेका दुवै टिमले आइतवारको खेल जित्न सक्दो प्रयास गर्ने भएका छन् ।
शनिवारको खेलमा पोखराका बिजय श्रेष्ठले ह्याट्रिक गरेर पोखराको गोलबर्षालाई फराकिलो पारेक थिए । खेलको ३३ औं, ४४ औं र ६० औं मिनेटमा गोल गरेका थिए । टिम क्याप्टेन उत्तम गुरुङले २५ मिनेटमा पहिलो गोल गरेर थालनी गरेपछि खेलमा भिषण गुरुङले ३९ औं र ४८ औं मिनेटमा गोल गरे भने अर्का खेलाडी बालप्रसाद गुरुङले ७६ औं मिनेटमा गोल गरे । गोरखाका सुदिप बस्नेतले ७९ औं मिनेटमा एक गोल फर्काएर शुन्यबाट जोगाए ।
दोश्रो खेलमा वालिङ नगरपालिकाले व्यास नगरपालिकालाई शुन्यका विरुद्ध एक गोलले पराजित ग¥यो । पहिलो हाफमा दुवै पक्षको गोल भएन । दोश्रो हाफ अन्र्तगत ५५ औं मिनेटमा वालिङका सुरज हमालले पहिलो गोल गरेपछि खेल आक्रामक भएको थियो । व्यासको पटक पटकको प्रयास गोलमा परिणत हुन नसकेपछि फाइनल खेल्ने सपना टुंगियो । व्यासका तीनवटा प्रहार पोलमा ठोकिएर फर्किए । एकपटक गोल गर्दा रेफ्रिले अपसाईटको सिठी बजाए ।
Previous Articleचम्किलो जैमिनीको मलिन चेहेरा
Next Article मिजार समाजद्वारा खेलाडि सम्मान