बागलुङ, १९ माघ– प्राथमिक तहका बालबालिकाको पढाई बिकासमा शिक्षक र अभिभावकको समान चासो र चिन्तन आवस्यक पर्ने एक अध्ययनले देखाएको छ । एक बर्ष देखि संचालित प्रारम्भिक सिकाई तथा पढाई कर्याक्रम अन्र्तगतका क्रियाकलापले बालबालिकामा पढाई तथा सिकाईको स्तर बढेको देखिएको हो ।
जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल सहितको टोलीले केही विद्यालयको भ्रमणमार्फत गरिएको अध्ययन पछि बालबालिका लाई उचित अवसर दिनुपर्ने निष्कर्ष समेत निकालेको हो । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले एक बर्ष देखि बागलुङका ३५ र म्याग्दीका २५ वटा विद्यालयमा कार्यक्रम संचालन गरेकोछ । ती विद्यालयमा शिक्षक र अभिभावकको क्षमता विकास तालिम दिने, बालबालिकालाई पढन शिप दिने, प्रयोगात्मक कक्षा संचालनगर्ने र कक्षा कोठामा आधारित पढाई सर्भेक्षण समेत गर्न थालेपनि सुधारको संकेत देखिएको फाउण्डेसनका फिल्ड सुपरभाईजर दिननाथ आचार्यले बताए । कक्षा कोठामा बालबालिकालाई प्रयोगात्मक पढाई गराउने, लेख्न र बोल्ने अभ्यास गर्ने तथा उनीहरुको सिप देखिने गरी टास्ने कामले सकारात्मक प्रभाव परेको पौडेलले बताए । ‘हामीले बालबालिकालाई रमाएर पढ्ने, लेख्ने र अनुभव गर्ने वातावरण दिन सकेमा परिवर्तन संभव रहेछ’ पौडेलले भने, ‘परंपरागत रुपमा शिक्षकले पढाएर जाने प्रवृत्तिले बालबालिकाले सिक्न सक्दैनन् ।’ एक बर्षको कार्यक्रम बारे म्याग्दी र बागलुङका सरोकारवाला राखेर फाउण्डेसनले समिक्षा समेत गरेको थियो ।
यो कार्यक्रम बारे गाउँपालिका र नगरपालिकाका अध्यक्ष तथा प्रशासकीय अधिकृतलाई पनि जानकारी गराइएको थियो । पहिलो चरणमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बरेङ गाउँपालिकामा यो कार्यक्रम संचालित छ । त्यस्तै म्याग्दीका वेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, राहुगंगा र अन्नपूर्ण गाउँपालिकामा पनि यो अभियान संचालन छ । यो सिकाईलाई अव सबै विद्यालयमा पु¥याउनु पर्ने पौडेलले सुझाव पनि दिएका छन् । कार्यक्रममा बागलुङ र म्याग्दीका विद्यालय निरिक्षकहरु, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, जैमिनी नगर शिक्षा अधिकृत खेमप्रसाद आचार्य तथा प्रशासकीय अधिकृतहरुले पनि बालबालिकाको पढाई क्षमता बढाएर गुणस्तरमा सुधार गर्नुपर्ने सुझाव पनिदिएका थिए ।