पहिलो खेलमा आयोजक विजयी
बागलुङ, १७ माघ – बागलुङ नगरपालिकाद्वारा आयोजित प्रथम मेयरकप फुटबल मंगलवारदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागलुङका गोल रक्षकको उत्कृष्ठ प्रदर्शनले जित हासिल गर्न सफल भयो । आयोजकले प्रतिष्पर्धि पालुङटार नगरपालिका बिरुद्ध बिजयी शुरुवात गरेपछि बागलुङका दर्शकहरु उत्साहित समेत भएका छन् ।
मंगलवारको खेलमा पालुङटार नगरपालिकालाई ७ गोलका बिरुद्ध ६ गोल अन्तरले पराजित गर्दै बागलुङ दोश्रो चरणमा प्रवेश गरेको हो । बागलुङले दोश्रो खेल बिहिवार व्यास नगरपालिका दमौलीसँग खेल्ने छ । बागलुङका गोल किपर रुपेश बोहराले देखाएको उत्कृष्ठ प्रदर्शनका कारण आयोजकले सफलता पाएको हो । निर्धारित खेल अवधिभर दुइ दुइ गोलको बराबरी खेलेका बागलुङ र पालुङटारले थपिएका समयमा पनि एक एक गोल गरेर बराबरी बनाए । निणयका लागि ट्राईबेकरमा जाँदा बागलुङका गोलकिपर रुपेश बोहराले उत्कृष्ठ प्रदर्शन गर्दै बल रोक्न सफल भएपछि पालुङटारले हार व्यहोरेको हो । उद्घाटन खेलको पहिलो ८ मिनेटमै आयोजक बागलुङका आशिष केसीले गोल गरेर अग्रता लिए । खेलको २२ औं मिनेटमा पालुङटारका जुद्धकुमार गुरुङले गोल फर्काएर खेललाई बराबरी बनाए । दोश्रो हाफ शुरु भएपछि ६० औं मिनेटमा बागलुङका प्रमेश थापाले गोल थपे भने लगत्तै ६८औं मिनेटमा पालुङटारका संदिप भट्टले जवाफी गोल गरेपछि खेल निकै प्रतिष्पर्धात्म कबनेको हो । थपिएको समयमा पनि बागलुङका प्रमोल थापा र पालुङटारका प्रविण कुमार गुरुङले गोल गरेपछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा बागलुङले ४ र पालुङटारले ३ गोल गरेका थिए ।
बागलुङको बाङगेचउर खेल मैदानमा भएको खेलमा आयोजक टिमका गोलकिपर बोहरा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत बुधवार बागलुङकै गलकोट नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाबीच भकुण्डे खेल मैदानमा हुनेछ । प्रदेश नम्बर ४ का ११ नगरपालिकाको सहभागिता रहेको प्रतियोगता माघ २१ गतेसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेले २ ला २२ हजार २ सय २२ रुपैयाँ र दोश्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । सहिद दिवशको अवसरमा मंगलवारै धौलागिरी बहुमुखी क्याम्पसमा भेला भएका राजनीतिक दल, विद्यार्थी, खेलाडी लगायतले जिल्लाका जातजाती, संस्कृति झल्कने झाँकी र बाजागाजा सहित शहिद स्मृतिपार्क पुगेर शहिदप्रति मौन धारण गरेका थिए । त्यहाँ रहेका शहिदका शालिकमा फुलमाला चढाएर सांसदहरु ईन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, कोपिला बोहोरा, बागलुङ नगर प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का लगायतले श्रद्धाञ्जली गरेका हुन् ।
सहिद दिवशकै अवसरमा आयोजित खेलको उद्घाटन गर्नु अघि नगरप्रमुख पौडेलले नेपालको स्वतन्त्रता, प्रजातन्त्र र गणतन्त्र सम्मको स्थापनामा योगदान गर्ने सबै सहिदको मूल्यांकन गर्नुपर्ने बताए । साथै देश स्वतन्त्रता सँगै जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्दै संघियतामा आइसकेको समेत बताए । कार्यक्रममा उपप्रमुख सुरेन्द्र खड्काले स्वागत गरेका थिए भने जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष धनबहादुर परियार र पत्रकार रविना बोहोराले संचालन गरेका थिए । खेल प्रतियोगिता शुरु हुनु अघि जिल्ला तेक्वान्दो संघ, कराते संघ, उसु संघ लगायतले खेल र कला प्रस्तुत गरेका थिए भने विद्यालय स्तरीय नृत्य र राष्ट्रिय गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममै खेलाडीको तर्फबाट प्रवेश थापा र रेफ्रीको तर्फबाट ज्ञानबहादुर थापाले प्रतिज्ञा सहितको सफत ग्रहण गरेका थिए ।
प्रदेश नम्बर चार स्तरीय प्रथम मेयर कप सुरु
Previous Articleसांगीतिक क्षेत्रमा निरन्तर १४ वर्ष
Next Article जनताका लागी नागरिक अधिकार चाहिन्छ–कँडेल