बागलुङ, १७ माघ– प्रदेश सभा सांसद मणीभद्र शर्मा कंडेलले लोकतन्त्रमा नागरिक अधिकार प्रधान हुने बताएका छन् । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले गरेको स्वागत तथा सम्मानमा कंडेलले बिकास र समृद्धि सहितको लोकतन्त्रकालागि आफ्नो पहल हुने बताएका हुन् । कंडेलले गैसस कर्मीको रुपमा गरेका कामलाई निरन्तरता दिंदै जीवनस्तर उकास्न सकिने सबै काम गर्ने बताए । फाउण्डेसन र यस अघिको गाजा युवा क्लबको संरक्षक रहेका कंडेलले सांसद भएपछि बिकास निर्माण र जनताको चाहना अनुसारको काम गर्न अझै अगाडि बढ्न सक्नुपर्ने वक्ताहरुले शुभकामना दिएका थिए ।
उनले प्राविधिक बन्न नसकेपनि जनताको पक्षमा वकालत गर्ने दावी गरे । उक्त अवसरमा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, अधिवक्ता भूमिश्वर गौतम, काठेखोला ५ का अध्यक्ष शिवप्रसाद कंडेल, सुआहारा कार्यक्रमका संयोजक जगदिश लोहार, धौलागिरी बहुमुखी क्याम्पसका सहायक प्रमुख तिलक प्रसाद कंडेल, भीमापोखरा युवा क्लबका अध्यक्ष मणीभद्र शर्मा, तथा लेखानीका स्थानीय गुमा छन्त्याल लगायतले बोलेका थिए ।
फाउण्डेसनका उपाध्यक्ष मानबहादुर पुनको अध्यक्षता, सचिव यामलाल कंडेलको संचालन र ताराबहादुर बिकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा नेपाल गाजा डेभलपमेण्ट फाउण्डेसनले पत्रकार महासंघको भवन निर्माण अभियानका लागि २५ हजार रुपैयाँ पनि सहयोग गरेको थियो ।
Previous Articleप्रदेश नम्बर चार स्तरीय प्रथम मेयर कप सुरु
Next Article १७ माघ २०७४, ढोरपाटन दैनिक