बागलुङ, २८ साउन – अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले भूकम्प लगायतका जोखिमको समयमा जिल्ला तहमा सुरक्षित खुला स्थानमा अस्थायी बसोवास बनाउने अभियान संचालन गर्ने भएको छ ।
आइओएमले जिल्लाका सरोकारवाला र नगरपालिकाका पदाधिकारीको सहभागितामा खुला स्थानको पहिचान तथा व्यवस्थापन विषयक एक दिने अन्तरक्रिया तथा कार्यशाला गरेको छ । उक्त कार्यशालाबाट छनौटमा परेका स्थानलाई सुरक्षित बसाइ व्यवस्थापनका लागि काम गर्ने बताइएको छ ।
नेपाल भूकम्पीय जोखिममा परेको तथा विभिन्न स्थानमा जाने बाढी पहिरो लगायतबाट विस्थापितलाइ समेत सुरक्षित रुपमा राख्न नसक्दा आइपरेका अन्य प्रकोपको न्युनिकरणका लागि युएसएडको सहयोगमा अभियान संचालन गरेको हो । अभियानले दुइ बर्ष भित्र हरेक जिल्लामा सुरक्षित बसाइ व्यवस्थापन गर्ने तथा अस्थायी प्रकारका टहरा समेत बनाउने योजना राखेको छ ।
ती टहरामा विद्युत, खानेपानी, शौचालय जस्ता आधारभूत सेवा प्रवाह तत्काल गर्न सकिने गरी जनशक्ति र सामाग्री उपलब्ध गराउने र आवस्यक पर्दा तत्कालै निर्माण गर्न सकिने गरी योजना बनाइको बरिष्ठ कार्यक्रम सहायक दिपेन्द्र अधिकारीले बताए । उनले जोखिम न्युनिकरणका लागि बागलुङमा नगरपालिका भित्रका आधा दर्जन स्थानको छनौट गरिएको बताए ।
पहिचान गरिएका मध्ये बाङ्गे चौर, धौलागिरी बहुमुखी क्यामपस, उपल्लाचौरको आँखा उपचार केन्द्र, बालमन्दिर, रुद्रे पिपल, कुंडुले, बाल उद्यान र मालिका क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेको हो ।
ती क्षेत्र पहिचान भएपछि आवस्यक पूर्वाधारका लागि तयारी गरेर आवस्यक पर्दा स्थानीयलाइ सुरक्षित बसाइ व्यवस्थापन गराउन सकिने आइओएमका पदाधिकारीको तयारी छ । परियोजनाले पहिलो चरणमा काठमाण्डौ उपत्यका सहित ५ वटा शहर, पोखरा, बागलुङ, पाल्पा, स्याङजा, र गुल्मी सहितका १४ जिल्ला छनौट गरेको हो । ठूलो भूकम्पको मानवीय प्रतिकार्यको तयारीका लागि यस्ता काम गर्न लागिएको उनले बताए । यो अभियानका लाग २ लाख २९ हजार ९ सय ६४ अमेरिकी डलर बजेट रहेको उनले बताए ।
यो अभियान सन् २०१६ को मे १ देखि २१८ को अप्रिल ३० सम्म संचालन हुनेछ । बागलुङ नगरपालिकाका जनसंख्या र उनीहरुको बसाइका लागि उचित प्रवन्ध गराउन सकिने संभावनाको बारेमा नगरपालिकाका प्रमुख, इन्जिनियर र वडा सचिवहरुसँग उनीहरुले विषेश अन्तरक्रिया गरेका थिए ।
पहिचान भएका क्षेत्रलाइ अनुमोदन गर्नका लागि सरोकारवालाको कार्यशाला संचालन गरेका थिए । त्यस्ता क्षेत्रमा स्वासथ्य, खानेपानी, सरसफाइ, तथा स्वच्छता, यातायात, भण्डारन, सुरक्षा, पहिचान, समेतलाइ प्राथमिकता दिइने बताइएको छ । त्यस्तै ती क्षेत्रमा शिविर संचालन गर्न सकिने, र सबैको पायक पर्ने स्थान हुनुपर्ने पनि उनीहरुले बताए ।
कार्यक्रममा नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले सार्वजनिक र संस्थागत जमिनलाइ बिपदको समयमा प्रयोगमा ल्याउन सकिने भएपनि स्थायी पूर्वाधार बनाउन भने नसकिने धारणा राखे । अप्ठ्यारो पर्ने स्थानलाइ समन्वयमा अस्थायी बसाइ व्यवस्थापन गर्न पहल गर्ने उनीहरुको योजना छ ।
Previous Articleजिविसको वार्षिक समिक्षा
Next Article अब छिटै भिडियोमा भएका चिजहरुलाई छुन सकिने