पर्वत, १४ माघ– सामाजिक संजाल फेसबुक मार्फत पर्वतका युवाहरुले सहयोगी हातहरु अभियान संचालन गरेर मुटुरोगीलाई सहयोग जुटाएका छन् । समूहले कास्कीकोट पोखराका शिवहरी परियारलाई आर्थिक सहयोग गरेको समुहकी सहसचिव इन्दु शर्माले बताईन् । उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहेका परियारलाई समुहका सदस्यले बैठकमा संकलन गरेको २ हजार ८ सय रुपैयाँ हस्तान्तरण पनि सहयोगको अभियान शुरु भएको हो । उनीहरुको अभियानलाई समाजिक संजालमा राखेपछि धमाधम सहयोग आईरहेको बताइएको छ ।
Previous Articleदिउँसो बाँदर, रातभर दुम्सीको आतंक !
Next Article चुडामणि शर्माविरूद्ध चार करोडको भ्रष्टाचार मुद्दा