बागलुङ, १४ माघ– काठेखोला गाउँपालिका–६ लाई सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउने निर्णय भएको छ । किम्बोट व्याव्सायीक कृषि सहकारी संस्था काठेखोला गाउंँपालिका–६ ले इनरापानीमा आयोजना गरेको सुन्तला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमबाट ६ नम्बर वडालाई सुन्तलाको ब्लक क्षेत्र बनाउने निर्णय भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले गाउँपालिकाको सम्मृद्धि र विकासको लागि गाउँ र भुगोललाई उत्पादनसँग जोड्नुपर्ने बताए । बिहुँ सुन्तला उत्पादनको लागि महत्वपुर्ण क्षेत्र भएको भन्दै गाउँपालिका अध्यक्ष थापाले उत्पादनमुखी काममा साझेदारीका हिसाबले अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले बिहुँलाई सुन्तलाको पकेट क्षेत्र निर्माण गर्नका लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । त्यसैगरी वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले किसानहरु अब निर्वाहमुखी कृषिबाट आधुनिक र व्याव्सायिक कृषितर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत दुईवटा ब्लक क्षेत्र समेत काठेखोला गाउँपालिका–६ मा परेको जानकारी दिए । उनले बिहुँ सुन्तालाको पकेट क्षेत्र निर्माण गर्न आफ्नो तर्फबाट पनि सक्दो भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, पत्रकार महासंघ बागलुङ शाखाका सल्लाहकार कोपिला कँडेल र वडा नम्बर ६ का सदस्य लिला ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम काठेखोला गाउँपालिका–६ का अध्यक्ष युक्तप्रसाद कँडेलको अध्यक्षता र थानेश्वर कँडेलको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा काठेखोला गाउँपालिका–६ लाई सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउनका लागि स्थानिय कृषक टंकप्रसाद कँडेलको संयोजकत्वमा १६ सदस्यीय सुन्तला व्यवस्थापन र कार्यान्वयन समिति समेत गठन गरिएको छ ।
समितिका सदस्यहरुमा चन्द्रीस्वर कँडेल, कृष्ण थापा, चिन्तामणी कँडेल, चक्रपाणी कँडेल, डिलाराम कँडेल, कृष्ण कँडेल, कलाधर कँडेल, देबीलाल कँडेल, टिकाराम कँडेल, कान्तालाल कँडेल, ओमप्रसाद कँडेल दधिराम कँडेल चन्द्रलाल कँडेल र बलीभद्र कँडेल रहेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउनेबारे लिखित प्रमाणिकरणका लागि गंगाप्रसाद कँडेल, कुलप्रसाद कँडेल, सुर्दशन कँडेल, भवानीप्रसाद कँडेल र भवदक्त कँडेल रहेको ५ सदस्यीय समिति गठन गरिएको छ ।
Previous Articleजातिय संगठन भंग गर्न माग
Next Article गाउँपालिकामा जनप्रतिनिधिलाई सडक चुनौती