बागलुङ, १४ माघ– विभिन्न राजनीतिक आस्थाका आधारमा विभाजित जातीय संगठन विगठन गर्न बागलुङका दलित अधिकारकर्मीहरुले माग गरेका छन् । विभेद र उत्पीडित सबै राजनीतिक दलमा कायम रहेको बताउँदै उनीहरुले दलित संगठन एक ठाउँमा गोलबद्ध हुनुको विकल्प नभएको बताएका हुन । भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले दलित समुदायलाई विभिन्न राजनीतिक संगठनमा विभाजन गरी सत्ता प्राप्तीको भ¥याङ्ग बनाएको भन्दै सबै राजनीतिक दलले जातिय मोर्चा विगठन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै उत्पीडित जातिय मुक्ती समाजका पूर्वअध्यक्ष धनबहादुर परियारले निर्णय अधिकार विनाका जातिय मोर्चाहरु मुल पार्टीका रैती भएको बताए ।
संघर्षकोे मोर्चामा अगाडी र भोट बैङ्ग हामी बन्नुपर्ने अवसर र निर्णय अरुले लिने’ कस्तो विडम्वना दलित परियारले भने– ‘दलित समुदायलाई निर्णय अधिकार दिननसक्ने पार्टी दलितले संगठन विगठन गर्नुपर्छ ।’ अर्का अधिकारकर्मी तथा मुक्ति मोर्चाका अध्यक्ष लालबहादुर परियारले दलित अगुवाहरु आफ्नो पद गुम्ने डरले मुल पार्टीसँग दलित प्रतिधित्वका विषयमा खुलेर बोल्न नसकेको बताए । ‘हाम्रा प्रतिनिधिहरुले छान्ने कस्तो प्रणाली ?’ परियारले भने– ‘हामी संगठिन मोर्चासँग विश्वास छैन भने हामी संगठनमा बस्नुको औचित्य छैन् ।’ कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक दलहरुले दलित समुदायलाई फुटाएर संगठित शक्तिलाई छिन्नभिन्न बनाएको बताए । कार्यक्रममा बोल्दै नेपाल दलित साहित्य तथा साँस्कृतिक प्रतिष्ठानकाका अध्यक्ष रणेन्द्र बराईलीले दलित समुदाय पुन एकपटक संगठित बनेर निर्णय आन्दोलनको आवश्यकता औल्याए ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार धनकाजी विश्वकर्मा, नगर कार्यपालिका सदस्य कविराम किसान, दलित वर्गउत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष रविलाल विक, पूर्व दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष टिकाकुमारी विक, मिजार समाजका अध्यक्ष रणसिंह बोहोरा, दलित युवा संजालका अध्यक्ष राजकुमार बोसेल, जेष्ठ नागरिक गंगाराम विश्वकर्मा लगायतले बोलेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विश्वकर्माको अध्यक्षता, रामकृष्ण विश्वकर्माको स्वागत र परसुराम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्यबारे नगर कार्यपालिका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मी बोहराले जानकारी दिएकी थिइन् ।
Previous Articleबालविवाह रोकौं
Next Article काठेखोला–६ लाई सुन्तलाको पकेट क्षेत्र बनाईने