प्रमुख सचिवले सूचना प्रकाशित गर्ने र ज्येष्ठ सदस्य अर्थात अस्थायी सभामुख जनकलाल श्रेष्ठमार्फत बैठक आहृवान हुने कुँवरले जानकारी दिए । पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभा बैठकस्थल र प्रदेशसभाको सचिवालय तोकिएको छ । २१ गतेबाट मौन अवधि सुरु भएर २४ गते राष्ट्रिय सभाको निर्वाचन भए पनि २२ गते ११ बजेका लागि वैठक आहृवान गर्ने सर्वदलीय सहमतिजस्तै रहेको कुँवरले बताए ।
प्रदेश सभा सदस्यले सपथ लिएकै दिन प्रदेश प्रमुख बाबुराम कुँवरले भनेका थिए, ‘एक/दुई दिनभित्रै प्रदेशसभाको पहिलो अधिवेशन आहृवान गर्ने गरी छलफल गर्दैछु ।’
निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो वैठक डाक्नुपर्ने व्यवस्था छ । पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको ढोका खुल्नेछ । प्रदेश सभाको सभामुख र उपसभामुख प्रदेश सांसदमध्येबाट फरक फरक पार्टीका चयन गर्नुपर्ने व्यवस्था संविधानमा छ । प्रदेशसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था छ । प्रदेश ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक पद्धतिबाट गरी ६० जना प्रदेश सांसद छन् ।
प्रमुख सचिवले भने-मलाई जानकारी छैन
सरकारले बुधबारमात्र प्रमुख सचिव तोकेको छ । क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्याललाई प्रदेश ४ को प्रमुख सचिवमा सरकारले नियुक्त गरेको हो । तर, प्रमुख सचिव अर्यालले भने आफूलाई यसबारे जानकारी नभएको बताए ।
‘प्रमुख सचिव नियुक्तका बारे मलाई कुनै जानकारी छैन तपाईंहरुले थाहा पाउनु भयो होला, मैले थाहा पाएको छैन,’ अर्यालले भने, ‘निर्वाचनअघि नै प्रदेशसभाको वैठक बस्ला तर मलाई जानकारी छैन ।’ प्रदेशसभाको बैठकको सूचना प्रमुख सचिवले प्रकाशित गर्ने भए पनि आफूलाई प्रमुख सचिव भएको कुरा नै जानकारी नभएको उनले बताए ।
पोखरा, ११ माघ -प्रदेश ४ को प्रदेशसभा पहिलो बैैठक माघ २२ गते बस्ने भएको छ । २२ गते ११ बजेलाई वैठक आहृवान गर्ने बुधबार दिउँसो निर्णय भएको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिए । ‘सबै प्रदेश सांसदलाई खबर हुने गरी सूचना प्रकाशित गरी वैठक आहृवान गर्न प्रमुख सचिवलाई निर्देशन भइसकेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘निर्णय संशोधन नभए त्यही मितिमा बैठक बस्नेछ ।’