काठमाडौं, ११ माघ – नेपालमा बन्ने नयाँ सरकारसँग विशिष्ट सम्बन्ध राख्न चाहेकैले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोहोर्याएर टेलिफोनमा सम्बाद गरेको दावी नेपालका लागि भारतीय राजदूत मन्जितसिंह पुरीले गरेका छन्।
‘नेपालमा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री मोदीले नेपालका तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो’ राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा भने, ‘तर यसबीचमा मोदीले दोहो¥याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो विशिष्ट सम्बन्धको संकेत हो।’
भारतमा भैरहेको तीब्र आर्थिक बृद्धि र विकासले नेपाललाई पनि फाईदा पुग्ने बताएका राजदूत पुरीले नेपालमा भएको विकासले पनि फेरि भारतलाई फाईदा पुग्ने विश्वास व्यक्त गरे। उनले नेपाल र भारत छिमेकी मित्रराष्ट्र भएकोले एक–अर्कावीच ‘विन–विन’ को आधारमा आर्थिक सहकार्यलाई अगाडि लैजानुपर्नेमा जोड दिए।
Previous Articleप्रदेश ४ को प्रदेशसभा पहिलो बैठक माघ २२ गते
Next Article चैते दसैं मेला चैत ९ देखि १२ सम्म