काठमाडौं, ११ माघ -काठमाडौं जिल्ला अदालतले नेपाली सेनाका सेनानी प्रभावविक्रम शाहलाई जेल चलान गरेको छ। यौन दुराचारको आरोप लागेका मेजर शाहलाई बिहीबार जबरजस्ती करणी मुद्दाको थुनछेक बहसपछि पुर्पक्षका लागि जेल चलान गरेको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका शाखा अधिकृत टीकासिंह खत्रीले जानकारी दिए।
जिल्ला अदालतको आदेश लगत्तै शाहलाई कारागार चलान गरिएको छ। उनीमाथि १४ वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप थियो। शाह बाग्लुङमा कार्यरत थिए। यसअघि उनलाई सेनाले सैनिक हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि शाहलाई सेनाले नै प्रहरी समक्ष बुझाएको थियो।
Previous Articleराजनीति र अनुभव
Next Article यी हुन् वृद्धभत्ता पाउन योग्य कांग्रेस नेता