इन्द्रा अधिकारी
ज्योति बहिनी, तिमी कहाँ छौं ?
आऊ छिट्टो नेपाल आऊ
दलका नेताको पाउ समाउ,
महिला जातिको कोटामा
राष्ट्रिय सभामा जाउ!!
राम्रा राम्रा लोकगीत गाउ,
साठी जति घुग्रु मगाउ
सबै सदस्यलाई संगै नचाउ!
आऊ बहिनी कहाँ छौ,
राष्ट्रिय सभामा जाउ !!
त्यहि हो तिम्रो लागि ठीक ठाउ,
राष्ट्रिय सभामै कम्मर मर्काउ,
कला देखाउन मन्चमा नजाउ,
आऊ बहिनी स्वदेश आऊ,
राष्ट्रिय सभामा जाउ !!