बागलुङ, ११ माघ– राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमका लागि बागलुङका एक युवा छनौट भएका छन् । काठमाण्डौ स्थित लिडरशिप एकेडेमी र अमेरिका स्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिसको संयुक्त आयोजनामा भएको अध्ययन तथा छनौट कार्यक्रम मार्फत बागलुङ नगरपालिका १ का सुमन बोहोरा चयन भएका हुन् ।
देशभरमा १४ अञ्चलबाट दुइदुइ जनाका दरले छनौट गरिएको अभियानमा बोहोरा सँगै धौलागिरीबाट पर्वतका पदमपाणी शर्मा पनि चयन भएका हुन् । २५ देखि ४० बर्ष सम्मका युवाहरुको छनौट भएका युवाहरुले आफ्नो स्थानमा पुगेर युवाहरुको नेतृत्व क्षमता विकासका लागि काम गर्नुपर्ने बताइएको छ । राजनीतिक वा सामाजिक क्षेत्रमा क्रियाशिल युवालाई नेतृत्वमा पु¥याउन सहयोग पुगोस भनेर यो छनौट गरिएको लिडरशिप एकेडेमीका कार्यक्रम अधिकृत सन्तोष गिरीले बताए । छनौट भएका युवालाई बर्षको चारपटक केन्द्रीय तहमा थप तालिम तथा अध्ययन भ्रमणका लागि लगिनेछ । छनौट भएर आएका बोहोराले युवाहरुमा बढ्दो दरमा रहेको लागूपदार्थ दुव्र्यसनी विरुद्ध अभियान चलाएर उनीहरुको क्षमता विकासमा योगदान दिने बताए । एकेडेमीले केही समय देखि विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाको रुपमा नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
छनौटमा परेका युवालाई आयोजक संस्थाहरुले एक बर्ष सम्म विभिन्न तालिममा सहभागि समेत गराउने छ । लिडरशिप एकेडमीमा संचार तथा कार्यालय व्यवस्थापन, टेलिभिजन कार्यक्रम उत्पादन, क्षमता विकास, पत्रकारिता लगायतको काम गर्दै आएको छ । युवालाई मुलुकको आर्थिक तथा सामाथिजक विकासमा योगदान पु¥याउन सक्ने गरी प्रतिस्पर्धि र क्षमतावान बनाउन कार्यक्रम समेत गर्दै आएको छ । बागलुङबाट छनौट भएका बोहोरा एमाले निकट अनेरास्ववियुको राजनीतिबाट सक्रिय थिए । हाल उनी युवासंघको प्रदेश नम्बर ४ का सदस्यमा कार्यरत छन् ।
Previous Articleबागलुङमा लक्ष भन्दा ३० प्रतिशतले बढी कर संकलन
Next Article ११ माघ २०७४, ढोरपाटन दैनिक