बागलुङ, ११ माघ– आगामी पौष २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागलुङबाट बिभिन्न दलका चार जनाले उम्मेदवारी दिएका छन् । उपल्लो तह राष्ट्रियसभाका लागि तीन ठुला दल र राष्ट्रिय जनमोर्चाको सिफारिसमा दुई महिलासहित चार जनाको उम्मेदवारी परेको हो ।
प्रदेश नं. ४ बाट उम्मेदवार सिफारिस गर्ने क्रममा एमालेले बागलुङकी एमाले नेतृ शान्ति अधिकारीलाई टिकट दिएको छ । त्यस्तै माओबादी केन्द्रले पाका नेता दिनानाथ शर्मालाई उम्मेदवार बनाएको बिज्ञप्तीमार्फत जानकारी गराएका छन् । अधिकारी एमालेको महिला कोटामा परेकी हुन्भने शर्मा खुल्ला सदस्यमा चुनाव लड्न लागेका हुन् ।
राष्ट्रिय जनमोर्चाले बागलुङका दुई जनालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । पुर्वसांसद समेत रहेकी नेतृ मिना पुन र कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको राजमोले जनाएको छ । नेपाली कांग्रेसबाट भने चार नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेद्वारमा बागलुङका कसैले पनि टिकट पाएका छैनन् ।
Previous Articleगौरीशंकर प्राविको ३० औं वार्षिकोत्सव
Next Article जिल्लाकै नमुना वडा बनाउँछौ (अन्तरवार्ता)