बागलुङ, ११ माघ– गौरीशंकर प्राथमिक विद्यालय बानपा–७ बागलुङको ३० औं बार्षिकोत्सब एवं अभिभावक दिवस एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा बोल्दैे बक्ताहरुले शिक्षाको विकासले मात्रै समाज परिबर्तन हुने भन्दै व्यवहारिक र गुणस्तरिय शिक्षाको बिकास गर्न सबै लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा विश्वकर्मा माविका प्रधानाध्यापक योगेन्द्रप्रसाद खनाल, जनप्रतिनिधि देवि विक, जनचेतना प्राविका शिक्षक गिता केसी, अभिभावक लक्ष्मी निउरे, मूलपानी स्वास्थ्य चौकीका सोमराज पाण्डे, समाजसेवी पदमबहादुर गौतम, मेघनाथ गैरे, अम्बिका गौतम लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सारदादेवि शर्माले आर्थिक बर्ष २०७३÷०७४ को १९ लाख १७ हजार ९ सय ३५ रुपैयाँको आय–व्यय बिवरण तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा विभिन्न समयमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट एवं २०७३ सालको बार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियोे । कार्यक्रम विद्यालयका शिक्षक सरिता गौतमको स्वागत मन्तव्य, विव्यस अध्यक्ष पूर्णप्रसाद गैरेको अध्यक्षता र शिक्षक अमृता पौडेलको संचालनमा सम्पन्न भएको थियो ।