बागलुङ, ११ माघ– पोखराबाट प्रकाशित हुने समाधान राष्ट्रिय दैनिकले बागलुङका जनप्रतिनिधि र सरोकारवाला सँग छलफल गरेको छ । बुधवार भएको छलफलमा पत्रिकका सम्पादक रामकृष्ण ज्ञवालीले पत्रिकालाई प्रदेश नम्बर ४ को नमूना बनाउन लागेको बताए । उनले त्यसकालागि सबै क्षेत्रका बासिन्दाको भावना बुझ्ने र सोही अनुसारको समाचार पस्कनका लागि सरोकारवालाको भेटघाटमा लागेको पनि बताए ।
उक्त अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले धौलागिरी क्षेत्रलाई अन्य क्षेत्रले ओझेलमा पारेको भन्दै पत्रिकाले सम्मानित स्थान दिन सक्नुपर्ने धारणा राखे । साथै सबै स्थानका जनताको मन जित्नेगरी समाचारको कन्टेन्ट पस्कन सकेमा पत्रिकाले सफलता पाउन सक्ने पनि सरोकारवालाले बताएका थिए । कार्यक्रममा उच्च अदालत बारका अध्यक्ष केशव पराजुली, उद्योग बािणज्य संघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष जयराम भारी, पर्वतका उपाध्यक्ष शिव शर्मा, नागरिक अगुवा काजी गाउँले, पत्रकारहरु दिल शिरिष, मुकेशचन्द्र राजभण्डारी, प्रकाश बराल, रामकृष्ण शर्मा लगायतले बोलेका थिए ।
Previous Article१० माघ २०७४, ढोरपाटन दैनिक
Next Article गौरीशंकर प्राविको ३० औं वार्षिकोत्सव