बागलुङ, ९ माघ– ढोरपाटन नगरपालिका–१ मा समुदायस्तरीय बिपद तथा जलवायु उत्थान समन्वय सम्बन्धी अभिमुखीकरण तथा समिती गठन गरिएको छ । युएसएआईडीको अर्थिक सहयोग तथा गाजा डेभलपमेन्ट फाउण्डेशनद्धारा सञ्चालित सु–आहारा कार्यक्रमअन्र्तगत ढोरपाटन नगरपालि–१ का वडाअध्यक्ष चित्रबहादुर भण्डारीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सुआहाराका फिल्ड सुपरभाईजर सन्तोष रिजालले कार्यक्रममा स्वागत गर्दै सुआहारा कार्यक्रमबारे प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रममा स्थानीय बिपद प्रक्रिया तथा समिती गठनबारे समितीको काम कर्तब्य र अधिकारबारे सुआहाराका रेजिलेन्स कन्सल्ट्यान्ट हेमन्तराज जोशीले जानाकारी गराएका थिए । सोही अबसरमा ढोरपाटन नगरपालिका–१ का अध्यक्ष चित्रबहादुर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समुदाय स्तरीय बिपद तथा जलवायु उत्थान समन्वय समिती गठन गरिएको छ । समितीमा वडा नं २ का जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाईटीका प्रतिनीधी, ईलाका प्रहरी कार्यालय, स्वास्थ्य केन्द्र महिला स्वास्थ्य स्वयमसेबीका लगयत अन्य बिषयगत कार्यालय प्रमुखहरु रहेका छन् । समितीले भोलीदेखी आ–आफ्नो टोलमा रहेका योजना तर्जुमा गर्नेछन् ।