बागलुङ, ९ माघ– धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र .डिसीआरडिसी) शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका–६ अन्र्तगतका आफ्ना महिला सदस्यलाई मैन बत्ती बनाउने तालिम दिएको छ । केन्द्रद्धारा सञ्चालित लघुवित्त कार्यक्रमअन्र्तगत महिला सदस्यहरुलाई मैनबत्ती बनाउने तालिम दिईएको केन्द्रले जनाएको छ । जसअन्र्तगत वडा नं. ६ मा रहेको पानीपोखरा डिसीआरडिसी केन्द्र नं. ५४ की उप–प्रमुख खिमकुमारी भण्डारी र सदस्य चिनमती भण्डारीलाई प्रशिक्षण दिईएको छ । यस्तै उत्तरगंगा डिसीआरडिसी केन्द्र नं. ९१ की उप–प्रमुख खिममाया विश्वकर्मा र सदस्य गौमती विश्वकर्मालाई प्रशिक्षण दिईएको डिसीआरडिसी शाखा कार्यालय बुर्तिबाङका कर्मचारी तथा तालिमका प्रशिक्षक गणेश थापाले बताए । चारै जना महिला सदस्यलाई अधिकारीचौरमा तालिमको आयोजना गरि मैनबत्ती बनाउने तारिकाको बारेमा प्रशिक्षण दिईएको हो । केन्द्रले विशेष गरि ग्रामिण भेगका आर्थिक रुपमा विपन्न, पिछडिएका, दलित, आदिवासी, जनजाति समुदायका महिलालाई घरेलु उद्यमतर्फ आकर्षित गर्ने तथा आत्मनिर्भर बनाउने उदेश्यले मुढा बनाउने, चुरा बनाउने, सिलाईकटाई, कुसन डल बनाउने, अगरबत्ती बनाउने जस्ता शिपमुलक तालिम सञ्चालन गर्दै आएको छ ।