बागलुङ, ९ माघ– धौलागिरीकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसको ५५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । त्रिवि सेवा आगोगका अध्यक्ष चैतन्य शर्माले वार्षिकोत्सवको उद्घाटन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्ने किशिमको शिक्षा प्रणाली शुरु गर्न त्रिभूवन विश्व विद्यालयले सेमेस्टर प्रणाली ल्याएको बताए । नियमित पढ्ने र पढाउने चलन शुरु भएमा अनुसन्धनात्मक शिक्षाको विकास हुने उनले बताए ।
त्रिविले अनुसन्धानमूलक शिक्षालाई अगाडि बढाउन सकेमा विश्वकै उत्कृष्ठ बन्ने पनि बताएका थिए । कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्ययाले धवलागिरी बहमुखी क्याम्पसको प्रगती विवरण पेश गर्दै आर्थिक संकटको बीचमा क्याम्पस संचालन भैरहेको बताए । उनले क्याम्पसलाई पुर्नजीवन दिनका लागि सबैको चासो बढ्नुपर्नेमा जोड दिएका थिए । हाल ८४ रोपनी जमिनमा फैलिएको क्यामपस भएपनि आन्तरिक आय निकै कम छ । त्यसका बाबजुत मानविकी र शिक्षा, व्यवस्थापन, विज्ञान लगायतका संकाय पढाई भैरहेको छ । क्याम्पसमा हाल १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा अहिले पनि ४० शिक्षक अभाव छ । अभावपूर्ति गर्न आंशिक शिक्षक राखिएको छ ।
पूर्णकालिन ७५ जना प्राध्यापक भएमा मात्र सहज पढाई संचालन गर्न सकिने उपाध्यायले बताए । हाल ईतिहास बिषयको पढाई छैन, तर ५ जना प्राध्यापक कर्यारत छन् । त्यस बाहेक अन्य बिषयमा आवस्यक पर्ने प्राध्यापक कोही पनि छैनन् । विज्ञान र व्यवस्थापन संकायमा पुरै आंशिक शिक्षकको भरमा चलेको छ । आंशिक शिक्षकले भने त्रिविको सहमति अनुसार एक बर्ष पढाएकाहरुलाइ करारमा नियुक्ती गर्न आग्रह गर्दै आन्दोलन समेत गरिरहेका छन् । क्यामपस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षता, प्राध्यापक तिलक कंडेलको संचालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक तथा कर्मचारी संगठनका प्रतिनिधिहरुले पनि क्याम्पसलाई चुस्त व्यवस्थापनका साथ अगाडि बढाउन आग्रह गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित भलिबल लगायतका खेलकुँदमा बिजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । क्याम्पसले पत्रकार महासंघको भवन निर्माण अभियानलाई ९ हजार ५ सय रुपैयाँ सहयोग गरेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नेपालि कता संकृति झल्कीने खालका सांकृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेको क्याम्पस स्रोतले जनाएको छ ।
Previous Articleके गर्दैछन् प्रदेश प्रमुखहरु सांसदलाई शपथ खुवाएपछि ?
Next Article बिभिन्न बिद्यालयको बार्षिकोत्सव तथा सरस्वती पुजा