बागलुङ, ८ माघ– धवलागिरी बहुमुखी क्याम्पसको ५५ औं वार्षिकोत्सवको अवसरमा अञ्चल भरका क्याम्पस स्तरीय भलिबल प्रतियोगितामा आयोजकनै प्रथम भएको छ । आइतवार दिउसो भएको खेलमा आयोजक धौलागिरी बहुमुखी क्याम्पसले गलकोट बहुमुखी क्याम्पसलाई सोझो सेटमा पराजित गरेको हो । वेस्ट ५ खेलमा खेलाइएपनि सोझो ३ खेल मै धौलागिरीले जितेको हो । त्यस्तै तेस्रो समूहका लागि आईतवार बिहान भएको खेलमा विएड समूहले जितेको छ । उसले विविएस समूहलाई जितेको स्वतन्त्र विद्यार्थी युनियनका सचिव बिष्णुराज पौडेलले बताए ।
भलिबलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई सोमबार हुने मुल समारोहमा पुरस्कार तथा प्रमाणपत्र दिने बताइएको छ । वार्षिकोत्सवकै अवसरमा क्याम्पसले आईतवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्ववियु, कर्मचारी र प्राध्यापकहरुको मैत्रिपूर्ण फुटबल पनि सम्पन्न भएका थिए । त्यस्तै विद्यार्थीहरु माझ कविता बाचन, निबन्ध लेखन लगायतका विभिन्न रचनात्मक प्रतियोगिता पनि आयोजना गरिएको थियो । सोमबार सरस्वती पूजा समेत भएकोले सबै विद्यार्थीलाई पूजाको अभियानमा उपस्थित हुनका लागि पनि आग्रह गरिएको प्रमुख रामप्रसाद उपाध्यायले बताए ।
Previous Articleउड्ने हैनत फेरी चील गाडीमा
Next Article अन्नबाली छाडेर व्यवसायिक कफी खेती