राजेशचन्द्र राजभण्डारी
१२ बर्ष पछि बगिरहेको खोला पनि फर्किन्छ भन्ने नेपाली उखान यतिबेला फेरि साच्चिकै लागुहुने संकेत देखिन थालेको छ ।२०१९ साल देखि धौलागिरि अन्चलबासीको एकमात्र यातायातको साधन भनेको हवाई यातायात नै थियो न त काठमाडौ पोखरा पुग्ने सडक मार्ग नै थियो न त कुनै सवारी साधन नै त्यो समयमा यश क्षेत्रमा बोलिने ठेट नेपाली भाषामा हवाई जहाज लाई चील गाडी भन्ने गरिन्थ्थो । अहिले पनि गाउँ घरमा हवाई जहाज लाई चील गाडी भन्ने चलन कायमै छ अहिले एकाएक बागलुङको बलेवा एअरपोर्ट फेरि चर्चामा आएको छ । स्थानीय तहको निर्वाचन पछि बागलुङ नगरपालिका ले आफ्नो जनप्रतिनिधि पाएपछि यहाँ निर्वाचित जनप्रतिनिधिले २६ बर्ष देखि बन्द रहेको बागलुङ बलेवाको एअरपोर्ट फेरि संचालनमा ल्याएर काठमाडौ बागलुङ हवाई सेवा यश क्षेत्रका जनतालाई दिने भएको छ । अहिले बागलुङ नगरपालिकाको तर्फबाट मेयर जनक पौडेलको नेतृत्वमा पुर्ब शिक्षा मन्त्री दिनानाथ शर्मा पुर्ब सांसद प्रकाश शर्मा पारुैडेल समेतको उपस्थितिमा काठमाडौमा सरोकारवाला निकाय बिच बागलुङ जिल्लाको बन्द रहेको बलेवा एअरपोर्ट पुन संचालनमा ल्याउने मात्रै हैन नियमित काठमाडौ बागलुङ हवाई सेवा संचालन गरेर जनतालाई सेवा सुबिधा दिने जुन कुरामा अग्रसरता अहिले स्थानीय तहले लिएको छ यसलाई सबैले सकारात्मक कदमको रूपमा लिन जरुरी छ । चैत महिनाको पहिलो सातादेखि काठमाडौ बाट बागलुङ सम्म नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले हवाई सेवा संचालन गर्ने सहमति गरिसकेको छ ।अब त दिन गन्ति समेत शुरू भैसकेको छ अब बागलुङको बलेवा बिमानस्थल चलाउनका लागि चाहिने मापदण्ड छिटोभन्दा छिटो पूरा गर्न जरुरी छ ।२६ बर्ष सम्म बन्द रहेको बलेवा बिमान स्थल संचालनको बित्तिय जिम्मेवारी सहित नगरपालिकाले बिमान स्थल संचालन गर्ने निर्णय गरेको छ ।
बागलुङ नगरपालिका, नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स बिच बिमान संचालन गर्ने बिषयमा सहमती भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरेर अब देखि बागलुङको बलेवा बिमानस्थल बाटै सिधै काठमाडौ सम्मको हवाई यात्रा गराउने पहल बागलुङ नगरपालिकाले गरेको जानकारीले बागलुङमा एउटा उत्साह भने थपेको छ । नगरपालिकाको पुस २१ गते सम्पन्न बैठकले बिमान स्थल पुनः संचालन गर्न बिमान सेवा कम्पनीलाई बित्तिय स्रोतको प्रत्याभुती समेत दिनु परेमा दिने गरि हवाइसेवा संचालन गर्न अनुरोध गर्ने निर्णय समेत गरेको पौडेलले जानकारी गराउनु भएको थियो । पौडेलले नेपाल वायुसेवा निगमसँग नगरपालिकाले विमान संचालनको लागि अनुरोध गरेको र निगमले मापदण्ड पुरा गरेर संचालन गर्न सक्ने बताएकाले मापदण्ड पुर्याउन नगरपालिका सहमत भएको छ । ‘विमान चलाउने जोखिम ल्याउन सकेको भए २ वर्ष अगाडीबाट नै बागलुङमा विमान आईसक्थ्यो’ मेयर पौडेलले भन्नुभयो ‘पहिले जोखिम ल्याउन नसक्ने अहिले नगरपालिकाले गरेको कामलाई हामीले गरेको भनेर प्रचार गर्ने काम भएकोमा हामी दुखित छौं ।’ धेरै मिडियाले विमान आउने बारे समाचार प्रकाशित तथा प्रसारण गरे तर हामीलाई सो बारेमा सोध्ने काम भएन र व्यक्ति विशेषलाई चर्चित गराउने काम भयो मेयर पौडेलले गुनासो समेत पत्रकार सम्मेलनमा पोखे । पौडेलले नगरपालिकाको कामलाई नै नगरपालिकाले गरेको होइन जसरी छाँयामा पार्ने काम गरेको भन्दै पौडेलले आक्रोस पोख्नुभयो । ‘नगरपालिकाको अगुवाईमा भएको कामलाई नै नगरपालिकालाई ओझेलमा पारेर केहीले जस लिने काम गर्नुभएको छ’ मेयर पौडेलले भन्नुभयो ‘उहाँहरुले पहल गर्नुभएको हुन्थ्यो भने २ वर्ष अगाडी नै बागलुङमा विमान आईसक्थ्यो । विमानस्थलको पूर्वाधार विकास गर्नको लागि नेपाली सेनालाई आग्रह गर्ने र विमानस्थलको जमिनलाई समाउने र बागलुङदेखि विमानस्थल जानेसम्म सड्क मर्मत गर्नुपर्ने काम सेनालाई जिम्मा दिईने सल्लाह भैरहेको उपमेयर सुरेन्द्र खड्काको भनाइ बाट पनि अहिले साच्चै स्थानीय तहका जनप्रतिनिधि आफ्नो ठाउँको बिकासको लागि अग्रसर छन् भन्ने देखिन्छ । नेपाल वायुसेवा निगमसँग नगरपालिकाले हप्तामा २ पटक विमान संचालन गर्ने र १५ जना भन्दा कम यात्रु भएमा उक्त भार नगरपालिकाले व्यहोर्ने गरेर सम्झौता गरेको कारणले पनि अब भने ढुक्क संग हवाई सेवा संचालन हुने देखिन्छ ।
साच्चै यतिबेला बागलुङ जिल्लामा रहेको दुईवटा बिमानस्थल मध्ये पुरानो बलेवाले राम्रो प्राथमिकता पाएको छ ।अहिले हामी सबै एकजुट भएर आफ्नो ठाउँको बिकासको लागि काम गरेर देखाउने बेला हो कामको जस लिन तछाड मछाड गर्ने बेला अबश्य पनि हैन अहिले बजारमा कतिपय नकारात्मक कुराको चर्चा परि चर्चा भैरहेको छ यो राम्रो पक्ष हैन ।अहिले जसले जेजस्तो कामको शुरूवात गरे अब त्यसलाई पूरा गरेर देखाउने बेला हो । अब बलेवा सम्म पुग्ने सके सम्म पक्की सडक नभए १२ महिना सम्म चल्ने सडक बनाउन जरुरी छ बलेवा एअरपोर्ट सम्म जान आउनको लागि सवारी साधन सर्ब शुलभ हुन जरुरी छ धौलागिरि अन्चल बस ब्यबसायी समिति धौलागिरि अन्चल जीप ब्यबसायी समिति भगवती यातायात प्रालि टेक्सी ब्यबसायी समिति लगायतका थुप्रै ब्यबसायी छन् अब यसलाई सहजरूपमा सेवा दिने प्रतिबद्धता जनाउनु पर्छ ।
बागलुङ उद्योग बाणिज्य संघ होटल ब्यबसायी संघ सरकारी निकाय गैरसरकारी संघसंस्था नेपाल पत्रकार महासंघ लगायतका सबै सरोकारवाला निकायले आफ्नो ठाउँको लागि सक्रिय भुमिका निभाउनु पर्छ । अब हामी संग धेरै दिनपनि छैन भन्दाभन्दै चैत महिना पनि आइहाल्छ अब बलेवा सम्म पुग्ने बाटो एअरपोर्ट का लागि चाहिने बाकी पुर्बाधार तत्काल पूरा गरेर तारा एयरलाइन्स नेपाल एयरलाइन्स लाई नियमित उडान शूरू गराउने कामको नेतृत्व बागलुङ नगरपालिकाका जनप्रतिनिधि ले गरिहाल्नु पर्छ ।अहिले हामी संग प्रतिनिधि सभा र प्रदेश सभाका सांसद पनि निर्वा्चित भएर आइसकेको अबस्था छ समानुपातिकका सांसदहरू समेत जिल्लाले पाइसकेका छन् बागलुङ जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधि लाई समेत छिमेकी जिल्लाका सरोकारवाला लाई सहकार्य गरेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ ।
अहिले हामी पोखरा बाट हैन बागलुङको बलेवा बाटै हवाई सेवा लिएर बलेवा एअरपोर्टमा नियमित चलाउने बाताबरण बनाउनु पर्छ ।बागलुङ आन्तरिक पर्यटन बाह्य पर्यटन भित्र्याउन यसले मद्धत पुर्रुयाउने छ । अब चैतको पहिलो साता देखि बागलुङ बासि धौलागिरि बासिले फेरि चील गाडीमा सररर हवाई यात्रा गर्ने अबसर पाएका छन् अहिले बागलुङ बलेवामा हवाई जहाज ल्याउन पहल गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ अहिले जसले होडबाजीमा भन्दापनि हवाई जहाज ल्याउने कुरालाई सबै सबै पुर्बाधार पूरा गरौ मन वचन कर्मले काम गरौ बागलुङ लाई प्रदेश नम्बर ४ कै उत्कृष्ट गन्तव्य बनाउन पहल गरौ सबैले सोच सकारात्मक बनाउ यति भए अरू कुरा आफै राम्रो हुनेछ ।
Previous Articleन्यु ओयसिसको बार्षिकोत्सव
Next Article क्याम्पस स्तरीय भलिवलको उपाधि आयोजकलाई