बागलुङ, ७ माघ– त्रिभुवन विश्वविद्यालय अन्र्तगत धवलागिरी बहुमुखी क्याम्पस बागलुङको ५५ औ वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ जारी रहेको छ । धौलागिरिको एक मात्र आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले बिगतका बर्षहरुमा जस्तै सप्ताहव्यापी रुपमा संचालन गरेका बिभिन्न प्रतियोगितात्मक कार्यक्रम अन्र्तगत शनिबार निबन्ध लेखन र बुद्धिचाल प्रीतयोगिता सम्पन्न भएका छन् ।
निवन्ध लेखन प्रतियोगिता सकिएको भएपनि परिणाम आउन बाँकी रहेको क्याम्पसले जनाएको छ । १४ जनाको सहभागीता रहेको बुद्धिचाल प्रतियोगितामा रोशन जिसी बिजेता र रोमन खड्का उपबिजेता भएको क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत अञ्चल क्याम्पस स्तरिय भलिवल प्रतियोगिताको फाइनलमा गल्कोट बहुमुखी क्याम्पस गल्कोट र धौलागिरि बहुमुखी क्याम्पस भिड्ने भएका छन् । शनिबार भएको सेमिफाइनलमा धौलागिरी बहुमखी क्याम्पस बिएड दोस्रो बर्षलाई पराजित गरि गल्कोट बहुमुखी क्याम्पस र बिविएस चौथो बर्षलाई पराजित गरि धौलागिरि बहुमुखी क्याम्प्स फाइनलमा प्रवेश गरेका हुन् ।
आइतबार बिहान ८ बजे तेस्रो स्थानका लागि खेल हुने र त्यसपछि फाइनल खेल संचालन गरिने प्रतियोगिताको संयोजन गरेको स्ववियुका उपसभापति बालकृष्ण शर्माले जानकारी दिए । बार्षिकोत्वसका अन्य कार्यक्रम अन्र्तगत ७ गते आइतबार व्याडमेन्टिन, टिटी र मैत्रीपूर्ण फुटवल, सरसफाई कार्यक्रम सहित घैटोफोर, लोक नृत्य प्रतियोगिता र ८ गते सरस्वती पूजा, जलपान कार्यक्रम, पुरस्कार बितरणसहित समापन समारोह हुने क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।
Previous Articleएमाले-माओवादी एकताको साझा दस्तावेज बनाउँदै
Next Article ‘बेरोजगारी हटाउने शिक्षाको आवश्यकता’