बागलुङ, ५ माघ – बलेवा बिमानस्थल सञ्चालनको बिषयमा भएको निर्णयलाई लिएर बिभिन्न ब्यक्ति र संस्थाको हवला दिंदै केही सञ्चार माध्याममा आएका समाचार प्रति बागलुङ नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाको पहलमा सञ्चालनमा आउन लागेको बिमानस्थल सञ्चालनको बिषयमा केही ब्यक्ति र संगठनहरुले सञ्चारमाध्यामको दुरुपयोग गर्दै जस लिने होडमा लागेको भन्दै नगरपालिकाले आपत्ती जनाएको हो ।
बागलुङ बजारमा बिहिबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख जनकराज पौडेलले बलेवा बिमानस्थल बागलुङ नगरपालिकाको पहल र निर्णयको आधारमा सञ्चालनमा आउन लागेको भन्दै केही सञ्चार माध्याममा आएका समाचार तथा टिप्पणीहरु झुट भएको बताए । ‘हामीले गत पौष २१ गते नगर कार्यपालिकाको बैठकमा निर्णय गरेर बिमानस्थल सञ्चालनको लागि नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पठाएका हौं’ पौडेलले भने ‘सोही अनुसार सञ्चालन संझौता भएको हो ।’ उनले जनतामा भ्रम छर्ने गरी केही ब्यक्ति र संगठनहरुले सस्तो लोकप्रियताका लागी गलत समाचार सम्प्रेसण गरेको आरोप समेत लगाए ।
लामो समय बन्द रहेको बिमानस्थल सञ्चालनका लागि बिभिन्न चरणमा पहलहरु भएका भए पनि सेवा प्रदायक कम्पनीहरुसँग उत्तरदायीत्वको बिषयमा कुरा नमिल्दा बिमान सञ्चालनमा आउन नसकेको पाईएको पौडेलको भनाई थियो । ‘पहाडी बिमानस्थलहरुमा जहाज सञ्चालन गर्न सेवाप्रदायक कम्पनीहरुले बित्तिय स्रोतको प्रत्याभुत खोज्दा रहेछन्’ पौडेलले भने ‘यसअघि धेरै संघ संस्था पार्टी र व्यक्तिहरुले पहल गरेका भए पनि त्यो प्रतयाभूत नभएका कारण जहाज सञ्चालनमा आउन सकेको रहेनछ ।’
पौडेलले १९ सिट क्षमता भएको जहाजलाई प्रत्येक उडानमा १५ सिटको बित्तिय स्रोत प्रत्याभुत हुने गरी संझौता गरेर सञ्चालनमा ल्याउन लागिएको बताए । ‘१५ सिटको लागी यात्रु भए भने हामीलाई आर्थिक भार पर्दैन ’ उनले भने ‘यदि एक उडानमा १५ जना यात्रु नभएको खण्डमा नपुगेको यात्रु संख्याको व्ययभार नगरपालिकाले बेहोर्ने गरी संझौता भएको छ ।’ नगरपालिकाले यात्रुको प्रत्याभूति र बित्तीय स्रोतको प्रत्याभूतिकालागि सरोकारवाला सँग छलफल गर्ने समेत जनाएको छ । हप्तामा दुई उडान भर्ने गरी नेपाल वायु सेवा निगम र तारा एरलाईन्स सँग संझौता भएको पौडेलले जानकारी गराए ।
चैतको पहिलो सातादेखी जहाज सञ्चालनमा ल्याउने गरी पहिलो चरणको संझौता गरेको नगरपालिकाले आवस्यक पुर्वाधार निर्माण र प्राबिधिक चेक जाँचको काम तत्काल सुरु गर्ने जनाएको छ । ‘बिमानस्थल सम्मको सडकको स्तर उन्नतीका लागी नेपाली सेना सँग सहकार्य गरेर काम अगाडी बडाउँछौं’ नगर उपप्रमुख सुरेन्द्र खड्काले भने ‘बिमानस्थल सम्म जाने धरै बिकल्प रहेकाले नियमीत जहाज चल्नेमा बिश्वस्त छौं ।’ पहिलो चरणमा नेपाल बायुसेवा प्राधिकरण सँग संझौता गरेको नगरपालीकाले दोस्रो चरणमा वायुसेवा निगमसँग संझौता गरेर काम अधि बढाउने जनाएको छ ।
Previous Articleबेकामे भएपछि गाउँमै अलमलिए सांसद
Next Article भर्न नपाईएको माघे संक्रान्ति मेला