बागलुङ, ४ माघ– लामो समय रोकिएको सवारी चालक अनुमति पत्र (लाईसेन्स) बितरणको काम बिहिबारदेखी सुरु हुँदैछ । यातायात व्यवस्था बिभागको निर्देशनमा यातायात व्यवस्था कार्यालय धौलागिरी बागलुङले बिहिबारदेखी सवारीचालक अनुमती पत्रका लागि परिक्षा लिने काम सुरु गरेको हो । करिब चार बर्षपछि गत चैत्रमा एकपटक मात्रै परिचय पत्र बितरण गरेर पुनः रोकेको कार्यालयले यातायात व्यवस्था बिभागको निर्देशनमा नियमित रुपमा परिक्षा लिने तथा सवारी चालक अनुमतिपत्र बितरण गर्ने गरी काम सुरु गरेको कार्यालय प्रमुख राजेन्द्र घिमिरेले जानकारी दिए ।
विभागले व्यवस्था गरेअनुसार अनलाईन प्रणालीमार्फत फारम भरेका सेवाग्रहीलाई हप्ताको बिहिबार लिखित परिक्षा र शनिबार प्रयोगात्मक परिक्षा लिने गरी व्यवस्था मिलाईएको घिमिरेले बताए । आईतबारदेखी बुधबारसम्म सर्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा सवारी चालक अनुमति पत्र आवस्यक सेवाग्राहीले अनलाईनमार्फत फारम भर्न सक्ने व्यवस्था रहेको उनले बताए । कार्यालयले मोटरसाईकल, स्कुटर र मोपेडको नयाँ अनुमति पत्रका लागि परिक्षा लिंदै छभने अन्य सवारी सधानको भने पुरानो परिचय पत्रमा थपघट गर्नुपरेमा मात्रै लिखीत र प्रयोगात्मक परिक्षा लिईने घिमिरेले जानकारी दिए । यातायात व्यवस्था विभागको अनलाईनमार्फत फारम भर्ने व्यवस्था मिलाएको बिभागले सबै कामको नियन्त्रण भने केन्द्रबाट नै गर्ने व्यवस्था मिलाएको छ । कार्यालयले दिएको जानकारीअनुसार हप्ताको चार दिन फारम भर्न पाईने व्यवस्था रहेको भएपनि एक दिनको परिक्षामा सहभागी हुनको लागि हप्तामा बढिमा २ सय जना सहभागी हुन पाउने व्यवस्था मिलाईएको छ । जसअनुसार बिदाको दिनबाहेक एक दिनमा बढिमा ५० जनाले मात्रै अनलाईनमार्फत फारम भर्न सक्छन् ।
अनलाईनमार्फत फारम भर्दा सिस्टमबाट सम्पर्क मितीको बारेमा जानकारी हुने र सम्पर्क मितीका दिन कार्यालयमा सम्पर्क गरेर बायोमेस्टीक चेकजाँचमा सहभागी भएकाले मात्रै लिखित तथा प्रयोगात्मक परिक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको घिमिरेले ढोरपाटनलाई बताए । ‘हामीले बिभागको सिस्टममा आएकाहरुलाई परिक्षा दिलाउने काम गछौं’ घिमिरेले भने ‘परिक्षामा कति सहभागी हुन पाउने र अनलाईनमार्फत फारम भर्दा कस्को कहिले पालो पर्ने भन्ने सबै काम सिस्टमले गर्छ ।’ यातायत कार्यालय धौलागीरी बागलुङमा सवारीचालक अनुमति पत्र बितरणको काम लामो समय रोकीएकाले फारम खुले लगत्तै अनलाईन फारम भर्नेको संख्या अधिक देखीएको छ । फारम खुलेको एक हप्ता नबित्तै अनलाईनबाट फारम भर्नको लागी सिस्टम बन्द भएको छ । ‘बैशाख सम्मको लागि सबै दिनको लागि फारम दर्ता भै सकेका छन्’ प्रमुख घिमिरेले भने ‘सिस्टमको नियन्त्रण र नियमन सबै बिभागले गर्ने भएकाले बन्द भएको बिषयमा हामीलाई जानकारी भएन् ।’ दिनमा अधिकतम् ५० जनाले फारम भर्न सक्ने र बाँकी फारम भर्नेहरुको सम्पर्क मिती त्यसको भोलीपल्ट अथवा अर्को हप्ताको लागी सरेर जाने बिधि रहेकाले बैशाख सम्मको लागि सबै दिनका परिक्षा दिनेहरुको कोटा पुरा भएको घिमिरेले बताए ।
हाललाई सिस्टमबाट थप फारम भर्नको लागि समस्या भएपनि नयाँ अनुमति पत्र बितरणको काम निरन्तर चल्ने भएकाले केही दिनमा नै पुन फारम भर्न सकिने गरी सिस्टम चल्ने उनको भनाई थियो । लामो समयपछि बितरण हुन लागेको सवारी चालक अनुमति पत्रको पहिलो दिनको परिक्षामा सहभागी हुने गरी १ सय ५० जनाले फारम भरेका छन् । एक दिन सार्वजनिक बिदा परेकाले १ सय ५० जनाले मात्रै फारम भर्ने मौका पाएको कार्यालयले जनाएको छ । फारम भरेकाहरु मध्यपनि हाल बुधबार साँझ सम्ममा ३२ जना स्कुटरका र ३६ जना मोटर साईकलाका सेवाग्रही मात्रै बायोमेस्टीक चेक जाँचको लागि आएको कार्यालयमा तथ्याङ्क छ ।
Previous Articleअमर आदर्श गोल्ड कप फुटबल शुरु
Next Article जैमिनीको योजनाः ‘सबै टोलमा सडक’