- उद्घाटन खेलमा गोलको वर्षा
बागलुङ, ४ माघ–अमर आदर्श माविको आयोजना बुधबारदेखि बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा अन्तर कलेज स्तरिय अमर आदर्श गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरका प्रमुख जनकराज पौडेलले खेलमा हारजित हुने भन्दै खेलाडि बीच हार्दिकतापुर्वक खेल हुन आवश्यक रहेको बताए ।
खेलकुदका गतिविधिले नगरको विकासमा महत्वपुर्ण योगदान राख्ने बताउँदै उनले भने, ‘खेलको संस्थागत विकासको लागि नगर तथा वडाहरुमा खेलकुद संजाल गठन गर्ने तयारी भईरहेको छ ।’ कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, हिसानका धौलागिरी अध्यक्ष बालकृष्ण शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शखाका अध्यक्ष दिल शिरीष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अमर आदर्शले नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि सहयोगार्थ १० हजारको चेक महासंघका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज पन्तको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको संचालन भाईस प्रिन्सिपल कमलराज पन्तले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमर आदर्श विजयी भएको छ । प्रतिद्वन्द्वी कालीगण्डकी मावि अमर आर्दशले ०–७ गोलले पराजित गरेको हो । अमर आदर्शको जितमा स्ट्राइकर रोहन खड्काले पाँच गोलको योगदान गरे ।
पेनाल्टी सुटलाई सदुपयोग गर्न नसकेका रोहनले खेलको दोस्रो हाममा भने आक्रमक खेल खेले । आदर्शको जितमा अरुण श्रीस र सुनिल श्रीसले १÷१ गोलको योगदान गरे । यस्तै, बुधबारै भएको दोस्रो खेलमा अमृत आदर्शले गरिमा माविमाथि गोलको वर्षा ग¥यो । एकपक्षीय खेलमा अमृत आदर्शको लागि विपिन महतले ५ गोल गरेभने मौसम राई र अंकित छन्त्यालले १÷१ गोलको योगदान गरे । आज बिहिबार मुलपानी माविले कुँडुले मावि, गलकोटले विद्या मन्दिर मावि, अमर आदर्श रातोले बहिरा मावि, न्यु लाईफ बोर्डिले आदर्श विद्या मन्दिरको सामना गर्ने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार, सेमीफाइनलमा प्रवेश गर्नेलाई ५/५ हजार नगद, ट्रफी र मेडेल प्रदान गरिने आयोजक अमर आदर्शले जनाएको छ ।