बागलुङ, ४ माघ– युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा कालीगण्डकी नजिकै रहेको निरयघाटस्थित रामानुजथ आश्रमलाई खाद्य सामग्री वितरण गरेका छन् । आफ्नो २६ आँै जन्मउत्सवको अवसरमा घर्तिले विभिन्न कारणले घर–परिवारदेखि टाढा भई आश्रममा बस्दै आएका वृद्धवृद्धाको दैनिकीमा सहजता आउने भएकाले खाद्य सामग्री वितरण गरेका हुन् ।
पछिल्लो समयमा जन्मदिन विशेष खर्चिलो रुपमा मनाउने प्रचलन भएपनि आफुले भने उनीहरुको दैनिकीमा सहजता ल्याउने उदेश्यले जन्मउत्सव खर्च कटौती गरि दैनिक खाद्य उपभोग्य वस्तु वितरण गरेको युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले जानकारी दिए । घर्तिले आश्रमकी पुरुषोत्तम आमालाई दैनिक उपभोग्य वस्तु चामल, दाल, चिनी, नुन, तेल, सावुन लगायतको सामग्री वितरण गरेका हुन् । कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला सचिव लालबहादुर थापाले पछिल्लो समयमा जन्म उत्सव फजुल खर्च गरि मनाउनुभन्दा मानवीय र सामाजिक कार्यमा खर्चिनु सह्रानिय कार्य भएको बताए ।
रामानुज आश्रमकी पुरुषोत्तम आमाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला सचिव शिव शर्माले गरेका थिए ।